Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

कपिलवस्तुमा वैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा आठ हजार रुख काटिए

कपिलवस्तु । कपिलवस्तुका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । जिल्लाका ३६ वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो ।

गौतमबुद्ध डिभिजन वन कार्यालयका १० वन क्षेत्रका चार हजार ११।०८ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । डिभिजन वन कार्यालय तौलिहवाका २६ वनक्षेत्रका छ हजार ३८४ हेक्टर क्षेत्रफलमा कार्यक्रम शुरु भएको छ । वन क्षेत्रको उचित व्यवस्थापन, वन संरक्षण र वन सदुपयोग गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो ।

यस वर्षको वैशाख मसान्तसम्म डिभिजन वन कार्यालय तौलिहवामा कार्यक्रम लागू भएका २६ सामुदायिक वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्दा पाँच हजार ५६३ ढलापडा, सुकेका खडा तथा पुनरोत्पादन रुख कटान गरी सङ्कलन गरिएका छन् । यसबाट ८६ हजार ४८९ घनफिट काठ र दाउरा उत्पादन भएको कार्यालयका सहायक वन अधिकृत मदनकुमार सौडन्यले जानकारी दिए ।

यता डिभिजन वन कार्यालय गौतमबुद्धले यस चालू आर्थिक वर्षमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका १० सामुदायिक वनमध्ये नौ सामुदायिक वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्दा दुई हजार ३२६ ढलापडा, सुकेका तथा पुनरोत्पादन कटान हुने रुख सङ्कलन गरिने र यसबाट एक लाख १२ हजार ६४५।१२ क्युफिट काठ र एक हजार ५५।२४ चट्टा दाउरा उत्पादन हुने अनुमान गरिएको कार्यालयका सहायक वन अधिकृत गणेश चौधरीले जानकारी दिए ।

यस्तै वन कार्यालय तौलिहवाले डिभिजनअन्तर्गतको सामुदायिक वन र साझेदारी वनक्षेत्रबाट उत्पादित काठ, दाउरा, जडीबुटी बिक्री वितरणबाट रु छ करोड ५७ लाख ४५ हजार ३४२ राजश्व सङ्कलन गरेको छ । गौतमबुद्ध डिभिजन चालू आर्थिक वर्षमा स्थापना भई सञ्चालनमा आएकाले हालसम्म डिभिजनअन्तर्गतको वनक्षेत्र र निजी आवादी क्षेत्रबाट उत्पादित वन पैदावार उत्पादन तथा बिक्री वितरणबाट रु ५९ लाख २५ हजार ६५१ राजश्व सङ्कलन गरेकोे छ । वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वनक्षेत्रमा रुखको नक्साङ्कन, रुखको वर्गीकरण समयावधि पुगेका पुराना रुख कटान अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोप्ने गरिन्छ ।

वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रीय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गर्ने गरिन्छ । यसैबीच आगामी आर्थिक बर्षको साउनबाट कार्यालयले इन्टरनेट माध्यमद्वारा मोबाइल डाटा व्यवस्थापन ट्रयाकिङ प्रविधिको प्रयोग गरेर वन व्यवस्थापनको काम अघि बढाउने जनाएको छ । जनशक्ति र सवारीसाधनको व्यस्थापन, छिटोछरितो काम गर्नका लागि सो प्रविधि प्रयोग गरी वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम गरिने तौलिहवाका सहायक वन अधिकृत सौडन्यले जानकारी गराए ।

कार्यालयले अनलाइन मोबाइल एप्स तयार पारेर मोबाइल सेटमा सो प्रविधि व्यवस्थापन गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था पनि मिलाइने बताइएको छ । सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमद्वारा गरेका काम तत्कालै सो एप्समा अपडेट गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखामा गरिएको कामको प्रगति तत्काल थाहा हुने व्यवस्था मिलाइने पनि भएको छ ।

वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूख काट्ने र नयाँ बिरुवा उत्पादन गर्ने गरिन्छ । वैज्ञानिक वन व्यवस्थापनअनुसार कार्य गर्ने हो भने ८० वर्षभित्रमा हाल भएका सबै रुख काटिन्छन् र त्यसको ठाउँमा नयाँ रुख हुर्किसक्नेछन् । वैज्ञानिक वन व्यवस्थापनका पक्षधरका अनुसार वैज्ञानिक वन व्यवस्थापन गर्दा वनको अवस्थामा सुधार आउने, वातावरणीय लाभ प्राप्त हुने, स्थानीय रोजगारी सिर्जना हुने, वन पैदावारको निरन्तर आपूर्ति हुने, धेरै राजश्व प्राप्त हुने र वन सङ्गठनको छवि सुध्रने र आपसी खिचातानी घट्नेजस्ता प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा प्राप्त हुने बताइन्छ ।
रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies