भद्रपुर । समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् ।
विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र यहाँ आउँदा सिमेन्टको कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरिएको थियो । सोही स्तम्भ जीर्ण भएको भन्दै गाउँपालिकाले भत्काएर नयाँ बनाउन लागेपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । उनीहरुले आजै झापा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका थिए ।
बनियानी युवा क्लबले बुझाएको ज्ञापनपत्रमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला पक्षले स्थलगत निरीक्षण गरी ऐतिहासिक सम्पदाको इतिहास मेटाउने काम तुरुन्त रोकी तिनको जगेर्ना गरेर मात्र निर्माण कार्य अगाडि बढाउन माग गरिएको छ ।
सो ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बुझेका थिए । ज्ञापनपत्र बुझेलगत्तै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ऐतिहासिक सम्पदा भत्काएर नयाँ बनाउँदा इतिहास मेटिने भएकाले गाउँपालिकाका अध्यक्ष अञ्जार आलामसँग फोनमार्फत चासो व्यक्त गरेका थिए ।
सो स्तम्भमा भएको कछुवाको सट्टा माछाको आकृतिमा स्तम्भ राख्न गुरुयोजना बनाएको गाउँपालिकाले गत मङ्गलबार शिलान्यास पनि गरेको थियो । नयाँ स्तम्भको शिलान्यास गरिएपछि स्थानीयवासीले गाउँपालिकाका अध्यक्ष आलमको विरोध गर्दै आएका थिए ।
गाउँपालिकाका अध्यक्ष आलामले स्तम्भको नभएर कचनकवललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पञ्चवर्षीय गुरुयोजनाको शिलान्यास गरिएको बताए । उनले भने, “अहिलेको मूल स्तम्भ बिगार्दैनौँ तर त्यसको वातावरण हामी पूरै नयाँ र प्राकृतिक बनाउँछौँ ।” उहाँले चार बिघा १० कठ्ठा जग्गामा रहेको तलाउभित्र स्तम्भ राख्ने र स्तम्भको आधारशिलाका रुपमा २० फिट लामो माछाको आकृति राखिने गुरुयोजनामा उल्लेख भएको बताए। माछाको आँखाको बीच भागमा स्तम्भ ठडिएको हुने उनको भनाइ थियो ।
गाउँपालिकाले पारित गरेको गुरुयोजनामा कचनकवलको दुई हजार २०० वर्गमिटर क्षेत्रफललाई तलाउले घेरेर सुन्दर पार्क बनाइने उल्लेख छ । हाल नजिकै रहेको केचना बजारदेखि स्तम्भसम्म पुग्न दुई हजार २०० मिटर कच्ची मोटर बाटो छिचोल्नुपर्छ । रु २० करोडको लागतमा बन्न लागेको गुरुयोजनामा केचना बजारबाट डुङ्गा चढेर स्तम्भ अवलोकनका लागि जान सकिने गरी तलाउ निर्माण गरिने उल्लेख छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: