सिन्धुली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
अर्को प्रसङ्गमा उनले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए । वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उनले भने, “सामाजिक न्यायसहितको दु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने सङ्कल्प हामीले लिएका छौँ ।”
शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उनको भनाइ थियो । उनले अहिलेको सरकारले पूर्वाधार बनाउने र पूर्वाधारले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।
सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करीब १३ हजार डलर प्रतिव्यक्ति आय पु¥याइने उहाँको भनाइ थियो । हुलाकी राजमार्ग, सुनकोशी–मरिण ड्राइभर्सनलगायत धेरै क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले मुलुकका ७० जिल्लालाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने बताए ।
“उत्पाकदत्व वृद्धि नगरी अर्थतन्त्रको जगलाई दरिलो बनाउन नसकिने भएकाले सरकारले उत्पादनमा जोड दिएको छ”, उनले भने“यसले राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउँछ ।” सरकारले पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिर सडक सञ्चाल, रेल तथा जलमार्गको विकास गर्ने उनको भनाइ थियो ।
सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उहाँले आग्रह गरे । कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको बताउँदै उनले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एक जुट हुन आग्रह गरे । “अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्”, उनले भने ।
उहाँले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को नेतृत्व सम्पूर्ण नागरिकको हितमा लागेको बताउँदै नेकपाका नेता बाँस्कोटाले पार्टीका दुवै अध्यक्ष सरकार चलाउन सक्षम छन् भने ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: