Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आहा ! लुक्ला विमानस्थल

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैमा पर्यटकीय आकर्षणको केन्द्र हो । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण लुक्लाको स्थानीय जीवनशैली, रहनसहन र संस्कृतिसँगै त्यहाँको भौतिक पूर्वाधारले थप सुसज्जित तुल्याएको छ ।

लुक्ला भन्नासाथ आम मानिसमा त्यहाँको तेञ्जिङ् हिलारी ९लुक्ला विमानस्थल० को स्मरण आउँछ । हुन पनि विश्वकै जोखिमयुक्त तर असाध्यै सुन्दर विमानस्थल लुक्ला विमानस्थल पर्यटकको आकर्षक गन्तव्य पनि हो । आकाशतिर मडारिएको कालो बादलको बाक्लो कुहिरो, हरिया मनमोहक डाँडाकाँडा, तलतिर दूधकोशीको सुशेली महाभारतको छातीमा अडिएको अलिकति समथर भित्तो । त्यसैमा सजिएको छ, लुक्ला विमानस्थल । विमानस्थलको जति आकर्षण छ, त्यति नै स्थानीय बस्ती बजारको सुन्दरता झल्काउँछ ।

विमानस्थलको छेवैमा पङ्तिबद्धजस्तै रहेको चिटिक्क सफा सुन्दर बजार । पासाङ ल्हामु गाउँपालिका वडा नं २ मा पर्ने लुक्ला विशिष्ठ पर्यटकीय क्षेत्र पर्छ । सगरमाथाको काखमा रहेको नाम्चे बजार लुक्लाबाट पदयात्रा गरेर जाँदाको मज्जा शब्दचित्रमा बयान गर्न सकिन्न । लुक्लाबाट एकदेखि दुई दिनको हिँडाइपछि नाम्चो बजार पुगिन्छ । नाम्चेबाट सगरमाथासहितका हिमालको दृश्यावलोकन गर्न पाइन्छ ।

राजधानी काठमाडौँबाट तारा एयरको विमानबाट करीब ३५ मिनेटको दूरीमा लुक्ला पुगेको ३२ जना पत्रकारको हुल विमानबाट ओर्लेदेखि नै मोबाइल र क्यामेरामा व्यस्त भए । मौसमले साथ लिएकाले पनि उनीहरु सकेसम्म सुन्दर तस्बीर कैद गर्नमा लागे । स्वदेशी तथा विदेशी पत्रकारको ठूलो समूह एकै पटक सायद पहिलो पटक हुनुपर्छ लुक्ला पुगेको । बिबिसिका सिर्जना श्रेष्ठ र एपी न्यूजका उपेन्द्रमान सिंह कस्सिएर क्यामेराको लेन्स तेर्साउँदै भने, “अमेजिङ लुक्ला सुन्दरताको बयान गर्ने शब्दै महङ्गो छ ।”

विमानस्थलको तस्बीर कैद गरेर बजार परिक्रमा गर्दैगर्दा सिन्ह्वाका पत्रकार सुनिल शर्मा स्थानीय चिटिक्क बजारको तस्बीर खिच्न व्यस्त देखिनुहुन्थ्यो । उनले भने, “यो त मेरो दोस्रो लुक्ला भ्रमण हो । जति पटक आए पनि सधै नयाँ जस्तो लाग्छ ।” सगरमाथा सफाइ अभियानअन्तर्गत नाम्चे बजारमा आयोजित कार्यक्रममा सहभागी हुन केही दिनअघि पुगेका पत्रकार तथा व्यवसायीको टोली मात्र हैन लुक्ला बजारमा भेटिएका विदेशी पर्यटकलाई तस्बीर खिच्न भ्याइनभ्याइ थियो ।

पत्रकारको भीडमा नेपाली सेनाका सेनानी रवीन अधिकारीले मुुसुक्क मुस्कुराउँदै भन्नुभयो, “पत्रकार बन्धुहरुलाई धेरै खुराक मिल्यो होला, यति सुन्दर ठाउँमा आएर यहाँका दृश्य कैद गर्दा ।” साँच्चिकै मौसमले साथ दिएकाले नै होला लुक्ला विमानस्थल र बजार चिटिक्क देखिन्थ्यो । सातादेखि १५ दिनसम्म मौसम बिग्रने लुक्लाको यही जेठ १२ गतेको मौसम असाध्यै अनुकूल थियो । न झरी न बादल नत हावाहुरी नै । लुक्ला जुनसुकै समयमा मौसम खराब हुने भएकै कारण हवाई उडानमा संवेदनशील मानिन्छ ।

सामान्यतया मौसमका कारण लुक्ला विमानस्थल साढे १२ बजे नै बन्द हुने गरे पनि त्यस दिन ९जेठ १२ गते आइतबार० साढे २ बजेसम्म उडान भएको थियो । साँझ ७ बजेसम्म पनि लुक्ला विमानस्थल तथा बजारमा मौसम सफा रहेको थियो । बजारको माथितिरबाट हेर्दा ठाउँ ठाउँमा हेलिकोप्टर अडिएका । छिन छिनमा हेलिकप्टरको ओहोर दोहोरले छुट्टै माहोल थपिदिन्छ । लुक्लाबाट नाम्चे, सगरमाथा आधारशिविर तथा लुक्लादेखि रामेछाप र फाप्लु उल्लेख्य सङ्ख्यामा हेलिकप्टर दौडिरहन्छन् । मौसमले साथ नदिए करीब १० मिनेट दूरीका फाप्लु र २० मिनेटको उडानपछि पुगिने रामेछाप विमानस्थलमा विमान डाइभर्ड गरिन्छ ।

यकिन विवरण नभएपनि लुक्ला भएर वार्षिक ५० हजार स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको बताइन्छ । जम्मा लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर रहेको लुक्ला विमानस्थल विश्वकै जोखिम विमानस्थलमा पर्छ । फराकिलो धावनमार्थ दुवैतर्फ अग्लो पहरोका बीचमा भएकाले यो विमानस्थलमा उडान भर्न निकै दख्खल भएका पाइलट चाहिन्छन् ।

स्थानीय होटल व्यवसायी राप्की छिरिङ शेर्पाका अनुसार लुक्लामा साना ठूला गरेर १०० भन्दा बढी पर्यटकीय होटल छन् । दुई हजार ५०० सम्म पर्टक धान्न सक्छन् । लुक्लाका ठूला र महङ्गा होटल दुई वटा एभरेष्ट समिट होटल र यति माउन्टेन होम छन् । लुक्लामा सिजनमा दैनिक रुपमा जहाजबाट ५८ र हेलिकप्टरबाट १७५ उडान हुने गरेको विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

\"\"

लुक्ला विमानस्थलको आकर्षणसँग क्षमता विस्तारको काम पनि अघि बढाइएको उनले बताए । सिम्रिक एयरका व्यवस्थापक दावा तामाङका अनुसार विमानस्थलबाट एयर डाइनेष्टिक, अल्टिच्युट एयर, मनाङ एयर, समिट एयर, श्रीएयर, हेलि एभरेष्ट, माउन्टेन र प्रभु कम्पनीका हेलीकोप्टर तथा सिता, तारा र समिट एयरका विमानले लुक्लामा उडान भर्दै आएका छन् ।

हेलिप्याड बन्दै

हाल सञ्चालनमा रहेको हेलिप्याड सानो भएको र हेलिकप्टरको सङ्ख्या बढिरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लुक्लामा नयाँ हेलिप्याड निर्माण गरिरहेको छ । करीब रु ३२ करोड लागतमा झण्डै १२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको हेलिप्याडमा साना हेलिकप्टरहरु छ देखि आठ र ठूला हेलिकप्टर तीन वटा राख्न सकिनेछ । कान्छाराम कन्स्ट्रक्सनले १८ महीनाभित्रमा निर्माण सक्ने गर्ने गरी ठेक्का लिएको छ ।

भाडामा पार्किङ गरिँदै

लुक्लामा हेलिप्याड अभावकै कारण अहिले भाडामा पार्किङ र अवतरण हुने गरेको छ । गत वैशाख १ गते समिट एयरको जहाजले पार्किङमा रहेका दुई ओटा हेलिकप्टरमा ठक्कर दिएर दुर्घटना भएपछि हालको हेलिप्याड पूर्ण रुपमा बन्द छ । त्यहाँ रहेको हेलिकप्टर र जहाज निकाल्न ढिलाइ भएका कारण हेलिकप्टर कम्पनीहरुले नजिकको जग्गा भाडामा लिएर पार्किङ र ल्यान्डिङ गर्दै आएका छन् । पुरानो हेलिप्याडमा चार वटा हेलिकप्टर अवतरण र पार्किङ गर्न सकिन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending