कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाल स्काउटको आज यहाँ शुरु भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उनले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए।
देशको समग्र उन्नयनका लागि सङ्कृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गरे । युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा चलेको अभियान भएको बताए ।
गौरवशाली पूर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याए। सभ्यता र संस्कृति जोगाउँदै समृद्धि तर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उनले जातीय, क्षेत्रीय सङ्कुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिए ।
स्काउटले युवामा सकारात्मक सोचका साथै उनीहरूका क्षमता, दक्षता अभिवृद्धि गराउन महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै उनले राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका हुने बताए ।
युवा तथा खेलकूदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक मार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले ज्ञान, खेललगायतका अनेक क्षेत्रमा युवालाई सक्रिय गराउँदै स्काउटले उनीहरूलाई अनुशासित, कतव्यनिष्ठ बनाउन विशेष योगदान गरेको स्मरण गरे । युवा वर्गबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले युवामा राष्ट्रिय भावनाको विकास गराउँदै राष्ट्र निर्माण अभियानमा सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूको यो सम्मेलनले युवाबीच अनुभव आदानप्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे । सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी छन् ।
स्काउटका माध्यमबाट विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवती एउटा नारा र उद्देश्यसाथ एकै स्थानमा सहभागी रहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । सम्मेलनबाट उनीहरूबीच सांस्कृतिक आदानप्रदान, भ्रातृत्व र भगिनित्व विकासमा योगदान पुग्ने विश्वास लिइएको छ । उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: