Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

बेझाङ । सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको हो ।

यसभन्दा अगाडि बुझ्दै आएको रकममा उनीहरुको रु एक हजार भत्ता वृद्धि भएको छ । सरकारले भत्ता वृद्धि गरेको सुनेपछि पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने ९८ वर्षीय नरहरि उपाध्यायले खुशी व्यक्त गरे ।

उनले दुई हजार भत्ता बुझ्ने गरेकोमा अब एक हजार थप भई तीन हजार बुझ्न पाइने भएपछि खुशी लागेको बताए। “हामी जस्ता काम गर्न नसक्ने अशक्त ज्येष्ठ नागरिकलाई सरकारले हेरेर भत्ता बढाएको छ, अरुसँग माग्न परेको छैन, असाध्यै खुशी लागेको छ”, उनले भने ।

उनकी श्रीमती ८८ वर्षीय हरिकला उपाध्यायले पनि ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । “श्रीमान् श्रीमतीले मासिक दुई/दुई हजारका दरले चार हजार भत्ता पाइरहेका थियौँ, अहिले एक हजार बढेको छ रे, अब तीन÷तीन हजार गरेर छ हजार घरमै बसी बसी आउनेभो, बुढेसकालको दैनिकी चलाउन सजिलो हुने भो”, उपाध्यायले भन्नुभयो ।

भत्ता बुझेको रकमबाट घर खर्च चलाउन सजिलो परेको छ । सरकारले भत्ता दिन थालेपछि छोरा बुहारीसँग दुई चार पैसाका लागि हात फैलाउन नपरेको उहाँले सुनाए । उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकमा अहिले भत्ता वृद्धि भएसँगै उमङ्ग छाएको छ । धेरैले यही सामाजिक सुरक्षा भत्तामार्फत साझ बिहानको जोहो गर्दै आइरहेका छन् । गरीब, असहाय, दलित ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताले जीवनयापन गर्न ठूलो सहयोग पुगेको उनीहरुको अनुभव छ ।

श्रीमान्को मृत्युपछि एकल जीवन बिताउनुभएकी रामपुर नगरपालिका ५ बस्ने ५८ वर्षीय टिकाकुमारी दर्जीले भत्ता बढेपछि खुशी व्यक्त गीरन् । “एकल महिला भत्ताबापत मासिक एक हजार बुझेकोमा हजार बढेर दुई हजार भयो भन्ने सुनेको छु, भत्ता बुझेर नुन, तेल घरायसी सामान्य खर्च चलाउँदै आएको छु”, दर्जीले भने । उनले भत्ता बुझ्न थालेको तीन वर्ष भयो । भत्ता बुझ्न थालेपछि अरुसङ्ग दुई चार पैसाका लागि हात फैलाउनु नपरेको उन्को भनाइ थियो ।

सरकारले गएको जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत वृद्धभत्ता तीन हजार र एकल महिलाको मासिक रु दुई हजार पु¥याएको छ । यसअघि वृद्धभत्ता मासिक दुई हजार र एकल महिलालाई एक हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, एकल महिला, लोपोन्मुख आदिवासी र जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ ।

यस्तै ६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपाङ्गता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिने छन् । यसबाट करीब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।

त्यस्तै अति अशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु एक हजार वृद्धि गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल रु ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

सरकारले गरीबीको रेखामुनि रहेका परिवार र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई अघि बढाएको छ । सत्तरी वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको एक लाखसम्म बीमा रकमको स्वास्थ्य बीमा शुल्क सरकारले ब्यहोर्ने व्यवस्थालाई निरन्तरता दिएर स्वास्थ्य बीमा सेवाको दायरा बढाउन अन्य परिवारमा पनि बीमा रकम दोब्बर गरी एक लाख पु¥याउने भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending