म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ ।
पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो)को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो ।
“मैले यस क्षेत्रमा धेरै पुराना बाजा रहेका छन् भन्ने कुरा स्थानीय वृद्धवृद्धाबाट थाहा पाएपछि ती ऐतिहासिक बाजा खोज्दै जाँदा दुई दिनअघि मात्र त्यो दमाहा भेटाएको हो”, स्थानीय शिव बानियाँले भने ।
बानियाँका अनुसार पुला (साविकको पुलाचौर गाविस) क्षेत्रमा २५० वर्षअघि हुम्ला जिल्लाबाट बानियाँ, छिनेल, दर्जी (दमार्इं) र पौडेल बसाईं सरेर सँगसँगै आएका र सोही समयमा तत्कालीन दमार्इं (दर्जी) जातिले यो दमाहा पुलामा ल्याएका किंवदन्ती छ । पुस्तान्तरण हुँदै अहिले इन्द्रबहादुर दर्जीको जिम्मामा आएको यो दमाहा अहिले पनि नयाँ जस्तै देखिन्छ । त्यसमा कुनै खराबी नआएको र बजाउँदा अरु दमाहाभन्दा चर्को र बेग्लै आवाज निस्कने गरेको स्थानीयले बताएका छन् ।
उक्त दमाहा पहिले स्थानीय रल्ले बूढा भन्ने व्यक्ति कहाँ रहेको र विसं २०६० मा तत्कालीन नेकपा माओवादीले म्याग्दी आक्रमण गरेपछि त्यो दमाहा आफूले राख्दै आएको दर्जीले बताए । आफ्नो गाउँमा ऐतिहासिक दमाहा भेटिएपछि त्यसको संरक्षणमा स्थानीयले चासो देखाएका छन् । स्थानीय वरनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम दर्जीले ऐतिहासिक महत्वका त्यस्ता बाजाको सङ्ग्रहालय नै बनाएर राख्नसके पछिल्लो पुस्तालाई देखाउन र ती बाजाको महत्व बुझाउन सजिले हुने बताए । दमाहा पत्ता लागेपछि त्यसको संरक्षण गर्नुपर्ने र सम्बन्धित निकायको पनि ध्यान जानुपर्ने स्थानीय यामबहादुर बानियाँले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: