Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

यसरी मनाईयो अष्ट्रियामा अन्तर्राष्ट्रिय सगमाथा दिवस (फोटो फिचर)

अष्ट्रिया । अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो ।

समारोहलाई संबोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताएका छन् । उनले नेपालको हिमालहरुको देश भएको र पर्वतारोहण नेपालको पहिचान भएको बताए ।

सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो’, उपराष्ट्रपति पुनले भने, ‘त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्ने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ ।’

उनले अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उनको भनाई छ ।

अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘सगरमाथा आरोहण गरी ख्याति प्राप्त गरेका अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’

उपराष्ट्रपति पुनले नेपाल‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिंदै नेपाल भ्रमणका लागि अष्ट्रियाली नागरिकलाई अपील गरे ।

हिमाल आरोहण र पदयात्रामात्र नभई विभिन्न खालका साहसिक खेलकुदहरु, वन्यजन्तु तथा पर्यावरणीय पर्यटनका साथै सम्पदा र संस्कृतिमा रुची राख्नेहरुका लागि समेत नेपाल विश्वमै उत्कृष्ट गन्तव्यको रुपमा रहेको छ’, उनले भने, ‘अतः प्रकृति र संस्कृतिसँग एकसाथ साक्षात्कार गर्नका लागि नेपालको भ्रमण गर्न यहाँहरु सबैलाई म आग्रह गर्न चाहन्छु ।’

उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध र सगरमाथा र सम्पदाका कारण जोडिएको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गरे । उनले अष्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान देर बेलेनले अग्रसरता लिएको जलवायु सम्बन्धी शिखर सम्मेलनमा नेपाललाई पनि जोडिने अवसर मिलेको बताए । उनले वातावरण तथा जलवायू परिवर्तनका कुरा गर्दा हाम्रा हिमाल तथा पर्वतमाला माथि परेको प्रतिकूल पर्यावरणीय असरलाई पनि बिर्सन नहुने बताए ।

अष्ट्रियाली नागरिकले सगरमाथा आरोहण गरेको ४० वर्ष पूरा
भूपरिवेष्ठित मुलुक अष्ट्रियाका धेरै नागरिकले सगरमाथा लगायत नेपालका हिमालहरु आरोहण गरेका छन् । अष्ट्रियाली पर्वतारोहीले पहिलो पटक सगरमाथा आरोहण गरेको समेत ४० वर्ष पुगेको छ ।

टिरोल प्रान्तको शहरमा आयोजित कार्यक्रममा सगरमाथाको कीर्तिमानी आरोहणका नेता उल्फगाङ्ग नायर्ज लगायत सगरमाथा आरोहीहरु र नेपाली समुदाय तथा अष्ट्रियाली नागरिक गरी करिब पाँच सय जनाको उपस्थिति थियो । नेपाली राजदूतावासबाट आयोजित कार्यक्रममा नेपालका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत सहभागी थिए ।

कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले अष्ट्रियालीले नेपाललाई अत्यन्त माया गर्ने गरेको भन्दै नेपालको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी नेपालको भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी गराउनु हुँदै नेपाल घुम्न आग्रह गरे ।

कार्यक्रममा पहिलो पटक अक्सिजन विना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको किर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का सगरमाथा आरोही जोसेफ इन्वाल्नेरले आफ्नो अनुभूति राख्दै अष्ट्रियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा सगमाराथा आरोही हष्ट्रियालीहरुलाई नेपालको तर्फबाट उपराष्ट्रपति पुन र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सम्मान गरे ।

\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies