हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताए । उनले २००७ सालमा राणा शासनको अन्त्यका लागि शुरु भएको आन्दोलनदेखि निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्रको स्थापनादेखि आजसम्म भएका जनताको हरेक आन्दोलनको समष्टिरुप गणतन्त्र रहेको बताए ।
पौडेलले राणा शासनको अन्त्यदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रदासुमन एवं सम्मान व्यक्त गर्दै शहीदहरुले देखाएकोे बाटोमा अविराम अविचलित रूरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
“आज गणतन्त्र दिवसको अवसरमा यहाँ उपस्थित भइरहँदा हाम्रासामु अनेकन अवसर र चुनौती छन् । लामो समयदेखि देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य भएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम तीन वटै तहका सरकार गठन भई क्रियाशील रहेका छन् । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामु गरेका प्रतिबद्धता नीति, योजना र कार्यक्रम तर्जुमा केन्द्रित गरिएका छन् । जनताका मनमा आशा र उत्साहको सिर्जना भएको छ । नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वास जागेको छ । विगतमा हामी कहाँ, कस्तो अवस्थामा थियौँ, त्यसतर्फ प्रवेश गर्न चाहन्नँ, त्यसको हामी सबैले महसुस गरेका छौँ । विगतका कार्य व्यवहारमा कोही कसैप्रति आरोपित गर्न वा आक्षेप लगाउनुभन्दा विगतको सन्दर्भबाट शिक्षा लिँदै उज्यालो भविष्य निर्माण गर्ने दायित्व र अवसर हाम्रो सामुन्ने छन् । यस अवसरमा देश र नागरिकप्रतिको दायित्व पूरा गर्न प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उनले भने ।
भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, योजना कार्यान्वयमा चुस्तता, सबै तहका राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन सम्झौता र सोहीअनुसार मूल्याङ्कन पद्धति, प्रशासनिक कार्यहरुमा हुने ढिलासुस्तीको अन्त्य, प्रविधिको उच्चतम उपयोग, जनतामा सामाजिक सुरक्षाको प्रत्याभूति, कानूनी तथा नीतिगत स्पष्टता, उद्योग एवं लगानीमैत्री वातावरणको निर्माण, वैज्ञानिक भू–उपयोग नीतिलगायतका विषयलाई उच्चतम् प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढेको उहाँले उल्लेख गरे ।
शून्य अवस्थाबाट कार्यालय एवं कर्मचारी व्यवस्थापन, ऐन कानूनको प्रबन्ध गर्दै एक वर्षको समयमा प्रदेश नं ३ सरकारले जे–जस्ता योजना र कार्यक्रमहरु अघि सारेको छ यसबाट प्रदेश सरकारप्रति विस्तारै जनताको विश्वास र अपनत्व बढेको महसुस गरेको उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले हातमा सीप र पाखुरीमा बल भरिएका हजारौँ युवालाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्प पूरा गर्न सकिने उल्लेख गरे ।
कार्यक्रमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शहीदहरुको योगदानको कदर भए÷नभएको मूल्याङ्कन गरिनुपर्ने बताए । प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा प्रदेशका मन्त्री तथा विशिष्ठ व्यक्तित्वको उपस्थिति थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: