Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

विधानसम्मत चल्न नसक्दा पार्टी कमजोर भएको हो, अब सच्चिन पर्दछ

\"\"काठमाडाै‌ं । अभियान हुँदै गर्दा तल्लो तहबाट धेरै प्रश्न आएको छ । बनेको नयाँ विधान अनुसारको संरचना किन भएन भन्ने धेरै गुनासो छ । टोल समिति, वडा समिति, पालिका स्तरको समिति पनि किन पूर्ण गराउन सक्नुभएन भन्ने प्रश्न छ । हामीले प्रदेश समितिहरु त बनाएकै छैनौं । हामी घर–घर कार्यक्रम लिएर जानेभन्दा पनि तल्लो तहसम्मका संरचनालाई पूर्ण बनाएर त्यसलाई क्रियाशिल बनाउन लाग्नुपर्ने देखिन्छ । यति संरचना पूर्ण भएको भए, केन्द्रले प्रदेश, प्रदेशले जिल्ला, जिल्लाले पालिका स्तर अनि वडा, टोलमा समन्वयन गरेर काम गर्न सक्ने स्थिति हुन्थ्यो । साथीहरुले गुटगत समस्यालाई लिएर पनि धेरै गुनासो गर्नुभएको छ । पहिला केन्द्र मिलेर आउन पनि सुझाउनु भएको छ । हामी विधानसम्मत चल्ने हो भने गुटगत समस्या भन्ने त हुँदैनथ्यो तर समस्या विधानसम्मत नचल्ने तौरतरिकाले निम्त्याएको प्रष्ट छ । हाम्रा अनेकन कमि कमजोरी भएकै कारण चुनावमा पराजय भोगेको हामीले बुझ्न आवश्यक छ । ठूलो हार नै व्योहुर्नु परेपछि, कमि कमजोरी भएकै कारण व्यहोरेको हो भन्ने थाहा भएपछि सच्याउन लाग्नुको विकल्प छैन् । मतदाता र कांग्रेसबीच बढेको दुरीलाई कसरी हल गर्ने ? भन्ने कुरा हाम्रो मुख्य चुनौति हो । यसलाई हल गरेर जानु पनि पहिलो अनि अनिवार्य शर्त पनि हो । अहिलेको अभियानले गाउँका कार्यकर्ता, जनताले कांग्रेस प्रति कस्तो धारणा बनाएका छन् भन्ने कुरा बुझ्ने अवसर भएको भन्ने म ठान्दछु । कांग्रेसको सामान्य मतदाताले पनि पार्टीको भित्रको बेमेलको कारण पार्टी कमजोर भएको भन्ने ठानेका छन् । कांग्रेसकमा जुन गुटगत संस्था बनिरहेको छ यसको अन्त्य हुनैपर्छ । कांग्रेसलाई जनताले मन पराएका छन् । त्यो मनपराएका जनतालाई खुसी मनले भोट हाल्ने अवस्था बनाउनु पर्दछ । त्यो भनेको गुटगट तन्त्रको अन्त्यले मात्रै सम्भव हुन्छ । जबसम्म हामी विधिसम्मत ढंगले चल्ने सोंच बनाउँदैनौं तब सम्म कांग्रेसलाई उठाउने विषय सम्भव हुँदैन् । मुख्य नेतृत्वबाट पदप्रतिको मोह छोड्न आवश्यक छ । आफ्ना, चिनजानका मान्छेबाट पद ओगट्ने पद्धति रहुन्जेल समस्या हल हुन्छ भनेर नसोंच्दा हुन्छ । चुनाव किन हारियो ? जनतासँग कांग्रेसको सम्बन्ध किन टाढा भयो ? मतदाताबीच देखिएको दुरीलाई कसरी हटाउने ? भन्ने कुरा यो जागरण अभियानले सिकाएको छ । तल्लो स्तरबाट धेरै राम्रो सुझाव आएको छ । (पूर्वसांसद पन्त नेपाली कांग्रेसकी केन्द्रिय सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies