Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

तातोपानी नाका खुल्ने खबरले व्यवसायीमा उत्साह, भन्छन् 'खडेरीमा पानी परे जस्तै भएको छ'

सिन्धुपाल्चाेक । यही साता, चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आउँदैछ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा प¥यो । व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए ।

प्राकृतिक विपत्तिले दिएको पीडाको आम नेपाली भुक्तभोगी भए । काठमाडौँ ल्याउनुपर्ने सामान लामो समय लगाएर कोलकाता बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने भयो । कैयौको रोजगारी गुम्यो ।

सरकारको सार्थक प्रयासपछि तातोपानी नाका गणतन्त्र दिवसको दिन खुल्ने भएको छ । पहिलो दिन तिब्बतको खासाबाट ऊन बोकेका छ ट्रक नेपाल प्रवेश गर्नेछन् । नाका खुल्ने खबरसँगै उद्योगी व्यवसायीमा पनि ठूलो आशाको सञ्चार भएको छ । उनीहरु विगतको जस्तै नाका व्यस्त हुने र व्यापार व्यवासाय फस्टाउने प्रतिक्षामा छन् ।

भूकम्पबाट खण्डहर भएको सडक निर्माण भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल विगतकोभन्दा फराकिलो बनाइएको छ । चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । हालको भन्सार कार्यालय रहेकोभन्दा छ किलोमिटर तल अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण भइसकेको छ । भूकम्पले समस्यामा पारेको बन्दरगाहलाई चिनियाँ कम्पनी चाइना रेल्वे १४औँ ब्यूरो समूहले उक्त बन्दरगाह निर्माण गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाहलाई सञ्चालनमा ल्याउँदैछ । अत्याधुनिक संरचनासहितको उक्त पूर्वाधारले पनि व्यापार व्यवसायको प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ ।

नाका खुल्ने खबरसँगै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पनि तातोपानी नाकाको स्थलगत अनुगमन गरेको छ । यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासङ्घ, नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घलेसमेत आवश्यक तयारी गरेको छ ।

नाका खुल्ने खबरले उत्साहित भएका व्यवसायी सरकारवालाले समेत शान्तिसुरक्षाको उचित प्रबन्ध गर्ने वचन दिएकाले पनि थप आशावादी देखिएका छन् । नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेल ओइलाएका व्यवसायीलाई खडेरीमा पानी परे जस्तै भएको छ नाका खुल्ने खबर । उनले भने, “विगतको जस्तै बजार व्यस्त हुने, रोजगारीको अवसरमा वृद्धि हुने र मुलुकलेसमेत त्यसबाट फाइदा लिन सक्नेछ ।”

चार वर्षसम्म व्यापार व्यवसाय चौपट हुँदा त्यसको प्रभाव मुलुकलाई व्यवसायीलाई कति पीडा भयो होला भन्ने थाहा पाएका व्यवसायी पनि नाका आसपासमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिनेमा प्रतिबद्ध देखिएका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठ मुलुकको प्रतिष्ठासँग जोडिएको नाकालाई मर्यादित र व्यवस्थित बनाउनु उद्योगी व्यवसायीको पनि कर्तव्य भएको बताउछन् ।

“व्यापार व्यवसायका लागि सहज वातावारण बनोस्, विगतको जस्तै व्यापार र वाणिज्यको अवस्था सिर्जना होस् भन्नेमा हामी प्रतिबद्ध छौँ । महासङ्घकोतर्फबाट नाका खोल्न सहयोग पु¥याउने सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ”, अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

भूकम्प र बाढीपहिरोका कारण तहस नहस भएको भोटेकोशीको किनार लार्चामा अत्याधुनिक भवन देखिन्छ । आकर्षक पुल तरेपछि देखिने भव्य भवन र संरचना सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आउने तयारीमा छ ।

कूल चार दशमलब दुई हेक्टरमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रले बन्दरगाहलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन विद्युत्, सञ्चार, अन्य भौतिक सामग्री उपलब्ध गराइदिन यहाँस्थित चिनियाँ दूतावासलाई आग्रह गरिएको र केही समयभित्रै आइपुग्ने बताए ।

बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालय पनि तयार भएका छन् । यस्तै भण्डारण क्षेत्र कार्गो र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको छ । भन्सार रहने क्षेत्रमा नै ६० देखि १०० मेट्रिक टनसम्म तौल गर्न सक्ने मेसिनसमेत जडान गरिएको छ ।

यस्तै कर्मचारीका लागि आवाससमेत बन्दरगाहभित्रै निर्माण गरिएको छ । भन्सार र अध्यागमन विभागले कार्यालय स्थापना गरिसकेको छ । महाभूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो र हुटहुटी देखायो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गर्नुभएको चीन भ्रमणका क्रममा नै नाका खुल्ने विषय प्रकाशमा आएपछि त्यसले आम नेपालीलाई खुशी तुल्याएको थियो । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा नाका खुलाउने विषयमा सहमति भएको थियो ।

नाका सञ्चालनमा आउने खबरले स्थानीयवासी मात्रै नभई आम नेपालीलाई खुशी तुल्याएको बताउछन् नेकपाका स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटा । नेता सापकोटाले भने, “हामी सबैको प्रयासले सार्थकता पाएको छ । सबै नेपालीलाई खुशी तुल्याएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies