बेझाड,।निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो ।
झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ ।
पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका चलाउनुपर्ने बाध्यता थियो । गाउँका युवाहरु वैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा संलग्न हुन थालेपछि पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुङ्गाबाट नयाँ घर बनाउन थालिएको छ ।
स्थानीय बासिन्दाले घुमाउने घरको सट्टा सिमेन्ट जोडेर ढुङ्गाको गारो भएका घर धमाधम बनाइरहेका छन् । पुरानो घरमा जीविका चलाउन कठिन भएपछि उनीहरुले त्यसलाई हटाएर नयाँ घर निर्माण गर्न थालेका हुन् । पुरानो घरबाट जीविका चलाउन गाह्रो परेपछि ६६ वर्षीय चन्द्रबहादुर खन्गाहा पनि नयाँ घरमा बसोबास गर्दै आएका छन् । उनले विगत पाँच वर्षयता घुमाउने घर भत्काएर नयाँ घरमा बसोबास गरेका छन् ।
“घुमाउने घरभित्र एउटा मात्र कोठा, त्यही कोठामा खाना पकाउने, अन्नपात, लत्ताकपडा राख्ने, सुत्ने बस्ने गर्न समस्या पर्यो”, “मगर जातिको पहिचान बोकेको घर हटाउन मन नहुँदा नहुँदै पनि बाध्य भएर हटाउनुपरेको छ”, खन्गाहाले भने ।
\'लामो समयसम्म घुमाउने घरमै जीवन बिताए, अहिले त्यही घर हटाएर नयाँ घरमा बसोबास गर्दा मनमा पुरानो घरले याद झल्काइरहेको छ\', उनले भने । ७६ वर्षीय वीरबहादुर ढेंगा भने अहिलेसम्म पुरानै घरमै बस्दै आएको छ । \'घर बनाउन सक्नेले त नयाँ घर बनाए सुखसँग बसे, हामीलाई त घर बनाउन सक्ने अवस्था भएन, यही घरमा दुःखसुखसँग बसिरहेका छौँ\', उनले भने ।
उनीसहित छोराबुहारी नाति नातिना गरी पाँच जनाको परिवार छ । खाना पकाउनेदेखि लिएर सबै परिवार त्यही घरभित्र बस्न बाध्य छन् । धुवाँले घरका भित्ता रङ्गिएर पूरै कालो भएको छ, सहज वातावरणमा वस्न निकै गाह्रो छ तर अर्को नयाँ घर बनाउने उपाय नहुँदा यही घरको भरपर्नु परेको उनको गुनासो छ ।
गाउँमा पुरानो घुमाउरो घर ६ वटा मात्र रहेका छन् । सबैले नयाँ घर बनाएपछि अहिले यी घर सबैको आकर्षण बनेको छ । योे घर भूकम्पका लागि अति सुरक्षित मानिन्छ । कोठा नहुँदा एउटै कोठामा खाना पकाउनदेखि लिएर बसोबास गर्न समस्या परेपछि अहिले नयाँ घर बनाउन थालिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए ।
गर्मी समयमा चिसो, जाडो समयमा तातो हुने, अत्यन्त कम लागतमा घर निर्माण गर्न सकिने हुँदा यसको संरक्षणतर्फ लाग्ने उनले बताए । हिजोआज पुराना घुमाउने घर लोपोन्मुख भएका कारण गाउँगाउँमा पुग्ने आन्तरिक पर्यटक, पत्रकारको क्यामेरा, मोबाइलमा कैद हुने गर्दछ भने विगतका केही वर्षयता पुस्तक, कापीका आवरण, विभिन्न सङ्घसंस्थाका क्यालेण्डरमा फोटो प्रकाशित हुन थालेका छन् ।
पुरानो शैलीमा निर्मित घर क्रमिक रुपमा लोप हुँदै जाँदा जातीय र भौगोलिकताको पहिचान र मौलिकता गुमाउँदै गएको छ । मगर र कुमाल जातिको पहिचान झल्कने पुरानो कुडुले घर जिल्लाको पूर्वी क्षेत्रको खाँदर, मित्याल, मध्यक्षेत्रअन्तर्गत कसेनी, रुप्से, चिर्तुङधारा लगायतका क्षेत्रमा अहिले लोप हुँदै गएका छन् ।
जातीय, सांस्कृतिक पहिचान बोकेका परम्परागत शैलीमा निर्मित घरको संरक्षण गर्नसके गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भई विकासको लहर अगाडि बढ्ने अनुमान गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: