Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

वडाध्यक्षले नै निर्घात कुटपिट गरी दुई लाख लुटेपछि...

गौशाला। होत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।

जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

वडाध्यक्ष राउतका साथै उनीसँगै आएका सुशील राउत, दिलीप राउत, राजु शर्मा, उदय रायसहित आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई विवाद समाधानका लागि वडा कार्यालयमा जान भनेको तर उनले आफू पहिला प्रहरीमा जाहेरी दिने र त्यसपछि मात्रै वडामा जाने भनेपछि वडाध्यक्ष राउतसहित पूरै समूहले उनलाई भुइँमा लछारपछार गर्दै मरनासन्न गरी कुटपिट गरेको प्रहरीले उनकी आमालाई उद्धृत गर्दै जनाएको छ ।

वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

साथै उनीसँगै आएका उदय रायले इँटा उठाएर ज्यानै मार्ने प्रयाससमेत गरेको उनीहरुले बताएका छन् । अनुहार, टाउको, छाती र शरीरको अन्य भागमा चोट लागेर गम्भीर घाइते भएका वासुकीलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

वासुकी चौधरीलाई एक्कासि वडाध्यक्ष र उनका साथी आएर मरणासन्न हुनेगरी कुटपिट गरिरहेको देखेर स्थानीयवासीले उनीहरुलाई घेरा हाली समातेका थिए र सबैलाई नियन्त्रणमा लिएर उदय चौधरीलाई एउटा रुखमा बाँधेर राखेका थिए ।

नियन्त्रणमा लिइएका वडाध्यक्ष तथा उनका साथीलाई प्रहरीचौकी पर्सापतैलीका प्रहरी सहायक निरीक्षक श्याम सिंहले घटनास्थलबाट भगाएको स्थानीवासीले आरोप लगाएका छन् । तर प्रहरीले वासुकीलाई इँटाले हिर्काउन लागेका उदय रायलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

यसै घटनाबारे जलेश्वरनाथ एफएममा कार्यरत पत्रकार नवीन चौधरीले महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सो गाउँमा ठूलो दुर्घटना हुन लागेकाले प्रहरी पठाई अवस्था सामान्य गराइदिनुस् भनी जानकारी गराउँदा वडाध्यक्ष राउत र उनका साथीले पत्रकार चौधरीलाई ज्यान मार्ने धम्कीसमेत दिएको स्थानीयवासी गोपाल कापर र रासोदेवीले बताए ।

प्रहरी सहायक निरीक्षक सिंहले घटनास्थलबाट वडाध्यक्ष राउत र उनका साथीलाई उम्काइदिएपछि वडा कार्यालयतिर आउँदै गरेका उनीहरुले विपरीत दिशाबाट जाँदै गरेका मटिहानी नपा–९ स्थित बहुअर्बा चोकमा शिव टे«डर्स सञ्चालन गर्दै आएका जलेश्वर–५ बस्ने सीतानन्दन राय र उनका साथी राम एकवाल कापरलाई पर्सा मावि नजिकै रोकेर दुवै जनालाई कुटपिट गर्दै घाइते बनाएर रायको साथमा रहेको रु दुई लाखसमेत लुटेको उनका बुबा राघवेन्द्र रायले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरी नायब उपरीक्षक समक्ष जानकारी दिएका छन् ।

कुटपिट गरी घाइते बनाइएका राय पनि उपचारका लागि अस्पताल पुगेका छन् भने उनका साथी राम एकवाल कापर ज्यान जोगाएर गाउँतिरै भागेको स्थानीय नेता धमेन्द्र रायले बताए ।
सोही घटनाका क्रममा शशिकान्त चौधरी, जगदीश कापर लगायतका व्यक्ति पनि सामान्य चोटपटक लागेर उपचारका लागि जलेश्वर अस्पताल पुगेका छन् ।

अहिले जलेश्वर नगरपालिका–५ को अवस्था तनावग्रस्त छ भने त्यहाँ व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । यता वडाध्यक्ष र उनका साथी अहिले घटनास्थल तथा गाउँमा नरहेको प्रहरीले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies