Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सिडी, डिभिडी र मोबाइलका कारण सिनेमाघर बन्द

सिरहा। सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका प्रायःसबै सिनेमाघर बन्द भएका हुन् ।

विगत एकदशक अघिसम्म जिल्लामा एक दर्जन सिनेमा घर सञ्चालनमा रहे पनि अहिले जेनतेन एउटा मात्र सञ्चालनमा छ । लहानमा सञ्चालित पशुपति सिनेमा चलचित्र मन्दिरबाहेक अधिकांश सिनेमा घर बन्द भइसकेका छन् ।

सूचना र प्रविधिको विकासले अहिले सिनेमाघर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा भएको सिनेमा घर सञ्चालकले बताएका छन् । एकदशक अघिसम्म सिरहामा आधादर्जन सिनेमा घर सञ्चालित थिए । सिनेमाघर बन्द रहँदा करोडौँ मूल्य बराबरको सम्पत्ति प्रयोगविहीन हुनाका साथै भवनसमेत जीर्ण भएका छन् । नयाँ चलचित्र शुभारम्भ गर्नासाथ बजारमा त्यसको सिडी र डिभिडी उपलब्ध हुने भएकाले पनि चलचित्र घरसम्म पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या अहिले निकै कम भइसकेको छ ।

लहानस्थित श्याम चलचित्र मन्दिरका सञ्चालक नीरज गुप्ताले भने, “बिस्तारै बिस्तारै सिनेमाप्रति सर्वसाधारणका चाहना घट्दै गएको छ । पहिलापहिला सिनेमा हलमा दर्शकको भीड हुन्थ्यो अहिले त विरलै हल भरिने गरेको छ ।” सर्वसाधारणको चलचित्रप्रति चाहना घट्दै गएकाले सिनेमाघर सञ्चालन गर्न समस्या भइरहेको गुनासो गर्दै उहाँले जोड दिए, “दर्शक कम भएपछि लगानीको अनुपातमा आम्दानी कम हुन्छ, लगानी बढी हुने भएकाले हल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।”

“बजारमा सस्तो मूल्यमै पाइने सिडी, डिभिडी र मोबाइलमा विभिन्न किसिमका फिल्म हेर्न पाइहाल्छ, अनि किन सिनेमा हेर्न सिनेमा हल जानुप¥योरु” स्थानीयवासी सत्यनारायण चौधरी भन्छन्, “अब तीन घण्टासम्म सिनेमाघर बसेर सिनेमा हेर्नुपर्ने बाध्यता टरेर गएको छ । घरमै बसेर जतिखेर पनि इच्छा लागेको फिल्म हेर्न पाइहालिन्छ नि ।”

बजारमा तीन–चार हजारसम्ममा पाइने सिडी, डिभिडी भाडामा पाइने भएकाले सिनेमाघर जानुपर्ने बानी छुटिसकेको जानकारी दिँदै उनी बताउछन्, “थोरै पैसामा सबै परिवार एकै ठाउँमा बसेर फिल्म पनि हेरिहालिन्छ, समयको पनि बचत हुन्छ, यसैले सिनेमा हलमा पुगेर सिनेमा हेर्ने बाध्यता अहिले छैन । ”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies