दार्चुला। महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।
हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् ।
द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । वीरभानको भने जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ । टाउकोबाट अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो ।
‘सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिन्छ’, महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महराले भने । सुनका गहना र पैसाको लागि हत्या गरेको हुनसक्ने उनी बताउछन् ।
गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान मात्रै गाउँलेले चाल पाएका थिए । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कठायतका अनुसार सानोतिनो प्रलोभनमा परेर हत्या गरेको हुन सक्छ । द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिइन्।
द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको वडाध्यक्ष महराले बताए। घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घट्ना भएको थियो । अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।
‘मान्छे को हो भनेर चिन्न सकेको छैन । मुख पूरै बाँधेको थियो । झोला बोकेर आएको थियो’, बयानमा उनले भने । निरन्तर बाजे, बज्यै कुट्न थालेपछि लडेपछि आफ्नो समेत टाउकोमा हान्यो । आफू खोला किनारतर्फ भागेकाले बाँच्न सफल भएको उनको भनाइ छ ।
बिहान बृद्धका नातिनी पूजा पसलमा आउँदा बज्यैको मृत्यु भएको तथा बाजे र भाइ घाइते अवस्थामा देखेपछि गाउँलेलाई खबर भएको थियो । ‘‘पसलमा पुग्दा रगताम्य देखियो । त्यसपछि प्रहरीलाई खबर गरेर बाजे र भाइ उपचारको लागि अस्पताल लगिएको ल्याइएको हो’’ पूजाले सुनाइन् ।
‘‘अस्पतालमा ल्याउँदा बृद्ध वीरभानको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचार गराएर बाहिर पठाउन सकिने अवस्था थिएन’’, जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले भने, ‘अनेक कोशिस गर्दा पनि उनलाई बचाउन सकिएन तर नातिको भने कानमा चोट लागेको भएपनि उपचार हुँदैछ ।’ लोकेन्द्र हुस्कर मावि काटैमा कक्षा ५ मा अध्ययनरत छन् ।
घट्नाको थप अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पूरै परिवारको हत्या गर्ने गरी भएको घटनाले जिल्लामा त्रास बढेको छ । पछिल्लो समय जिल्लामा चोरीका घटनाहरु पनि बढ्दै गएका छन् । बढ्दो चोरी र हत्याको घटनाले सुरक्षा अवस्था कमजोर रहेको स्थानीयवासी बताउँछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: