Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा

चितवन । रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ । रङ्गशालालाई समग्र जिल्लाले अपनत्व लिने सोचका साथ विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख पदाधिकारी उद्योग व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख, नागरिक समाजका अगुवा रहने समिति गठन प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुुमार डल्लाकोटीका अनुसार उहाँसहित जिल्लाका सात स्थानीय तहका प्रमुख, राष्ट्रिय मान्यता प्राप्त चार दलका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्शका जिल्लास्थित अध्यक्ष, पत्रकार महासङ्घका अध्यक्ष, गैँडाकोट नगरपालिकाका प्रमुख, नागरिक समाजका व्यक्ति व्यक्तिसहित ४७ सदस्यीय क्रिकेट रङ्गशाला निर्माण सहयोग सचिवालय बनाइने भएको छ ।

यसैगरी जिल्लामा रहेका सबै सङ्घसंस्थाका अध्यक्ष एवं पदाधिकारी समेटेर पाँच हजार एक सदस्यीय मूल समिति बनाइने प्रमुख डल्लाकोटीले बताए। उनका अनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य रहेको निर्देशक समिति पनि बनाइने भएको छ । जिल्लाका पूर्वसांसद एवं पूर्वमन्त्री, स्थानीय तहका पूर्वप्रमुखहरु, जिल्ला विकास समितिका पूर्वउपप्रमुख, प्रमुख राजनीतिक दलका पूर्वप्रमुख रहेको सल्लाहाकार समिति गठन हुने प्रमुख डल्लाकोटीले जानकारी दिए ।

मूलसमितिमा टोलका अध्यक्षसमेत रहने बताउँदै उहाँले सिङ्गो चितवनवासीले यो परियोजना सम्पन्न गर्न अपनत्व लिने उद्देश्यले विभिन्न समिति गठन गरी काम अघि बढाउन लागिएको उल्लेख गरे ।

रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यासपूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला धुर्मुस–सुन्तली फाउण्डेशनको नेतृत्वमा निर्माण हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा दुई वर्ष छ महीनामा सम्पन्न गरिने र यसका लागि रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies