भक्तपुर । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारका प्रधानमन्त्री संघियता बिफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले प्रदेश र स्थानीय सरकारलाई संबिधान बिपरित गएर केन्द्रीय सरकारको इकाइ हो भन्नुले संघियता बिरोधको आक्रोश प्रष्ट पारेकोे बताए ।पौडेलले बिगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै बिगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता पाउन नसकेको बताए ।
उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरवारनै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणीत गरिदिएको बताए । उनले वर्तमान सरकारका प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघियता र लोकतन्त्र माथि नै खतरा देखा परेकोे बताए ।
लोकतन्त्रमा प्रेसमाथि अंकुस लगाउन गलत रहेको भन्दै उहाँले पञ्चायतकै शैलिमा आफ्नो गुणगान गाउनेका लागि छुट र बिरोधमा जानेलाई जरिवाना र जेल सजाएको प्रवाधान ल्याउन खोज्नुले सरकार लोकतन्त्र बिरोधी रहेको बताए ।सरकारले बिभिन्न शक्तिशाली निकाय प्रधानमन्त्रीको मातहतमा ल्याउन खोज्नु गलत अभ्यास भएको र यसले वर्तमान सरकारका प्रधानमन्त्रीको शक्ति सञ्चयको मोह स्पष्ट देखा परेको पौडेलले बताए ।
वर्तमान नेकपा सरकारले चुनावमा घोषणा गरेको घोषणपत्रको धज्जी आफैले उडाइरहेको समयमा प्रधानमन्त्रीको भाषण र ब्यवहारमा कुनै तालमेल नपाएको र हाल सम्म कुनै बिकासका गतिबिधि नहुनु र पुरानै कामलाई निरन्तरता दिनुले प्रष्टाएको उनले बताए ।
वर्तमान सरकारका अर्थमन्त्रीले राजस्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको बिषय रहेको भन्दै अर्थमन्त्रीले आफ्नो मन्त्रालयको सामान्य काम समेत गर्न नसक्ने भए अर्थ मन्त्रालयको कुनै औचित्य नरहेको उहाँले जिकिर गरे ।
प्रजातान्त्रिक पार्टीमा बिचारको गुट सामान्य रहेता पनि काँग्रेसका पार्टी सभापति नै आफै अस्वस्थ गुट निर्माणमा लाग्नु भएकै कारण नयाँ संरचना अनुसार पार्टीको संरचनाले पूर्णता पाउन नसकेको उनले प्रष्टाए ।
उनले वर्तमान सरकारले आफ्ना गलत कार्यको ढाकछोप गर्न काँग्रेसले राजा फिर्ता ल्याउन चाहेको र संघियतालाई फेल पार्न लागेको आरोपलाई जनता समक्ष स्पष्ट पार्न समेत जनजागरण अभियान चलाएको बताए ।
वर्तमान सरकार संबिधान भन्दा पनि सरकार आफ्ना पात्रहरुलाई कसरी मजबुद पार्न सकिन्छ भन्दै संबिधानको खिल्ली उडाइरहेका बेला नेपाली काँग्रेस ब्यक्तिलाई नभएर संबिधानको सफल कार्यान्वयनका लागि लडिरहेको बताए ।भारतमा भएको निर्वाचन मतपरिणाम पश्चात नेपालको राजनीतिमा सकारात्मक प्रभाव देखिन सक्ने उनले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: