Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

द्वन्द्वकालीन रोल्पाकी मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या

रोल्पा। \'विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए\' रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिइन् । अलिक मन बलियो बनाउँदै उनले थपे, “पहिले त ब्यारेक नै आक्रमण भयो होला भनेर विश्वास नै गरिनँ, सबैले त्यही मात्र कुरा गर्न थालेपछि मेरो दिमागले काम नगरेजस्तो भयो, हातखट्टा काप्न थाले । त्यसपछि आफ्नो छेउमै भएको डेढ÷दुई वर्षका नानीबाबु हेरेर आफूले आफूलाई सम्हाल्ने कोसिस गरेँ ।”

\'त्यो दिन मेरो कालो दिन रहेछ, म २२ वर्षकी थिएँ, यति कलिलो उमेरमै श्रीमान् गुमाउनु जस्तो पीडा मलाई पर्छ भन्ने के थाहा, १३ वर्षकै उमेरमा लिवाङ आएँ, दुई वर्षसम्मको प्रेमपछि म १८ वर्षको हुँदा वैवाहिक बन्धनमा बाँधियौँ, विवाह भएको चार वर्षमै श्रीमानको मृत्यु भयो\', भक्कानिदै उनले भनिन् ।

दाङ, घोराहीमा रहेको भगवतीप्रसाद गुल्ममा कार्यरत खड्कबहादुर डाँगीले तत्कालीन माओवादीले पहिलोपटक नेपाली सेनाको ब्यारेकमा गरेको आक्रमणमा परी ज्यान गुमाएका थिए । तेइस वर्षका डाँगीे जागिर खाएको छ वर्षमै आक्रमणमा परी मारिए । उनको निधनपश्चात श्रीमती डाँगीले दुई बच्चाको जेनतेन पालनपोषण गर्दै आइन् ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपश्चात द्वन्द्वपीडितले पाउने राहत भनेर रु १० लाख पाइन् । “सो रकम ससुराको ऋण तिर्न र किरिया खर्चमै सकियो, छोराछोरीले १२ कक्षासम्म त सैनिक स्कूलमै छात्रवृत्तिमै पढे, अब त छोराले १२ पास गरिसक्यो, सोही स्कूलमा पढ्ने व्यवस्था छैन”, डाँगीले भनिन् । “२१ वर्षसम्म रु दुई हजारका दरले पैसा दिने गरेको भए पनि अहिले त्यो पनि छैन, छोराले होटल म्यानेजमेन्ट पढिरहेको छ, कोठा भाडा, खाने खर्चबाहेक मासिक रु १६ हजार त शुल्कनै तिर्नुपर्छ, मेरो रु ११ हजार मात्र पेन्सन आउँछ, खर्च कसरी पुर्याउने” उनले दुखेसो पोखिन् ।

\'जग्गा जमीन छ, बिक्दैन, श्रीमानको ज्यान बाँचेको भए धेरै कमाउँथे होला, अर्को साल छोरी पनि १२ पास गरेर सैनिक स्कूलबाट निस्कँदैछे, कसरी खर्च धन्ने होला, श्रीमान् भएको भए यति धेरै समस्या त पर्ने थिएन\', उनले गहभरि आँशु पार्दै भनिन् । “आफ्नो ज्यान पनि सधैँ सञ्चो हुँदैन, उमेरले पनि ४० पुग्न थालिसकेँ, खर्च झन् बढ्दैछ, कमाउने बाटो केही छैन, जुनी कसरी काट्ने हो, छोराछोरी कसरी पढाउने हो” उनले थपिन् ।

\'सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सैनिकका छोराछोरीलाई सरकारले नै उच्च शिक्षासम्म अध्ययन गराई रोजगार दिए हुन्थ्यो, मेरो श्रीमान्ले देशको रक्षाकै लागि ज्यान गुमाउनुपर्यो, ठूलो कक्षामा पढ्ने बेला झनै धेरै खर्च लाग्छ, त्यही बेला सहयोग कहीँबाट पनि नआउने, अहिले मृतक सेनाका परिवारलाई उपेक्षा गरेजस्तो हामीलाई महसुस भइरहेको छ\', डाँगीले भने ।

विगतको १० वर्षे सशस्त्र द्वन्द्वमा रोल्पाबाट ज्यान गुमाउने एक मात्र सैनिक खड्गबहादुर डाँगी भएको भूपु सैनिक सङ्घ रोल्पाका प्रवक्ता वीरबहादुर कुँवरले बताए । अन्य चार कालगतिले मरेका छन् भने द्वन्द्वको समयमा पहिलो अक्रमणमा परी ज्यान गुमाएका डाँगी जिल्लाको एक मात्र सैनिक भएको कुँवरले जानकारी दिए । रोल्पामा विसं २०५२ देखि २०६३ मङ्सिर ५ गतेको बृहत् शान्ति सम्झौता हुँदासम्मको सशस्त्र युद्धको समयमा ९६९ ले ज्यान गुमाएका थिए भने ३३ बेपत्ता भएका थिए । घाइते, अपाङ्ग हुनेको सङ्ख्या भने रोल्पामा २६६ रहेको तथ्याङ्कमा उल्लेख छ ।

द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट रोल्पामा मात्र यति धेरैले ज्यान गुमाए । ती मृतकका घरपरिवारको आर्थिक अवस्था अझै दयनीय छ । सरकारले द्वन्द्व प्रभावितलाई गाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा प्रदान गरे देशका लागि ज्यान आहुती गर्ने मृतकका परिवारलाई केही राहत पुग्ने द्वन्द्वपीडित श्रीकुमारी रोकाको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies