Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

तरबारको धारमाथि प्रचण्ड

\"dipshikha\"प्रचण्ड परिवर्तनको नाम हो । परिवर्तन र प्रचण्ड एकअर्कामा अन्तर्सम्बन्धित छन् । राजनीतिको यो दशकका परिवर्तन र प्रचण्डलाई कसैले चाहेर पनि अलग्याउन सक्दैन । नेपाली राजनीतिमा प्रचण्डबिना पात पनि हल्लँदैन । माथि उल्लेखित विश्लेषण पत्रकार किशोर नेपालको हो । बामपन्थी राजनीतिका कटु आलोचक नेपालले मन पराउने बामपन्थी नेता प्रचण्ड मात्रै हुन् भन्दा पनि हुन्छ । आस्था र आदर्श उनको कांग्रेस निकट छ । तैपनि प्रचण्डको राजनीतिक प्रभावलाई उनले नामान्जुर गर्न सकेनन् ।
प्रचण्ड जोखिमको अर्को नाम हो । जोखिम बिनाको प्रचण्ड फगत ‘पुष्पकमल दाहाल’ जस्तो देखिन्छन् । करिब एक वर्षअघि पार्टी निकट पत्रकारसँगको भेटमा एक पत्रकारले प्रचण्डलाई भनेका थिए ‘आजकल म प्रचण्ड भेटिरहेको छैन । मलाई पुष्पकमल दाहालसँग भेट्नु छैन’ ।
प्रचण्डलाई लाग्ने थुप्रै बातहरु छन् । प्रचण्ड र प्रचण्डका अनुयायीहरु ती वातसँग साक्षत् छन् । उनका लागि ‘ती केवल बातहरु हुन्’ । ती बात लाउने बातेहरु पछिल्लो समय मौन छन् । तिनको मौनताको रहस्य १६ बुँदे हो । प्रचण्डलाई आलोचनात्मक माया गर्नेहरु पनि छन् – ती पछिल्लो समय चिडिएका छन् । १६ बुँदे अघि यो पंक्तिकारले प्रचण्डसँग गरेको ठाडो प्रश्नमा उनी भन्थे ‘राजनीतिमा कहिले एक्लै होइन्छ तर त्यसो गर्नुको विकल्प हुन्न’ । सायद उनले आफ्नाहरुबिच एक्लोपनको अनुभुति गरेका थिए । नभन्दै त्यसै भयो । १६ बुँदे पछि आफ्नो नेतृत्वको तीस दलीय मोर्चा छिन्नभिन्न भयो । पार्टी एकीकरण गर्न ठिक्क परेका उनका राजनीतिक गुरु बैद्यले उनलाई ‘गद्दार’ भनिदिए । १६ बुँदेले राजनीतिक बजारमा एउटा सन्नाटा ल्यायो । राजनीतिक अड्कलबाजहरु पनि सहमतिपश्चात दंगदास भए । राजनीतिक पार्टीका कार्यकर्ताहरु दोधारमा परे– पत्याउनु कि नपत्याउनु ! तर १६ बुँदे सत्य थियो । १६ बुँदेमाथि भिन्नभिन्न धारणा प्रकट छन् । पहलकदमीका अभियन्ता को हुन् भन्नेमा पनि मतान्तर छ । विदेशी विश्वविद्यालयबाट फर्केका बुद्धिजीवीले सहमतिको छेउ नबुझेका कोइरालालाई सुत्रधार भनिदिनु नौलो कुरो भएन । तर सहमतिको जोखिम मोल्ने उनै प्रचण्ड थिए । प्रचण्ड जोखिमको अर्को नाम हो । जोखिम बिनाको प्रचण्ड फगत ‘पुष्पकमल दाहाल’ जस्तो देखिन्छन् । करिब एक वर्षअघि पार्टी निकट पत्रकारसँगको भेटमा एक पत्रकारले प्रचण्डलाई भनेका थिए ‘आजकल म प्रचण्ड भेटिरहेको छैन । मलाई पुष्पकमल दाहालसँग भेट्नु छैन’ । प्रचण्डसँग लडेर आएकाहरु ‘प्रचण्ड’ सँगै खुशी हुन्छन् । पुष्पकमल दाहालसँग चौपट्ट रिसाउँछन् । प्रचण्ड ‘प्रचण्ड’ भएको बेलाको हाउभाउ अर्कै हुन्छ । उनका जुँगाका ताउ र आँखाका भाउ फरक हुन्छन् । जब उनी पुष्पकमल दाहाल हुन्छन्– निरिह लाग्छन् ।
जनयुद्ध आफैंमा एउटा जोखिम थियो – त्यो उनले उठाए । करिब एक दशकको छोटो समयमा उनले पुरानो सत्ताको समानान्तार सत्ता चलाए । संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरु ‘माओवादीबाट सिक’ भन्नेमा पुग्यो ।
प्रचण्ड तरबारको धारमाथि हिँडिरहँदा खुल्छन् । उनी तरबारको धारमाथिको यात्रा रुचाउने एक राजनेता हुन् । उनीसँगको संगतबाट के भन्न सकिन्छ भने– राजनीतिको हिसाबकिताब प्रचण्डको अवतारमा उनी वर्षमा जम्मा एकचोटी गर्छन् । बाँकी समय उनी पुष्पकमल दाहाल भएर घाटा सहन तयार छन् । प्रचण्डको राजनीतिक जीवन जोखिमहरुको सम्केन्द्रण हो । उनी आम अनुमानभन्दा फरक भएर सोच्छन् । यो सोचाइलाई आत्मसाथ नगर्दा या उनको यो तरिकाको भेउ नपाउँदा उनका नजिककाहरु समेत भड्किन्छन् । जनयुद्धको तयारी चलिरहँदा उनले गरेको पार्टी एकीकरण एउटा जोखिम थियो । जनयुद्धका लागि पार्टी चुस्त र छरितो बनाउने बेलामा उनले एकीकरण गरेर भद्रगोल बनाए । उनको के तर्क थियो भने – एकीकरणमा आउने सबैमध्ये केही क्रान्तिकारीहरु पनि छन् र ती अन्तत पार्टीमा थपिन्छन् । समयक्रममा उनको यो तर्क सही साबित भयो । सोही तयारीको समयमा उनले पार्टीको एक हिस्सालाई संसदीय निर्वाचनमा होमे । क्रान्तिकारीहरुको अन्तर्राष्ट्रिय संगठन रिमले पार्टी बिगार्न लागेको आरोप लगायो र संगठनबाटै हटायो । उनले रिमको प्रतिक्रियालाई व्यंग्यपूर्वक हाँसेर प्रतिवाद गरे । अनि संसद्बाट सत्ताको भण्डाफोर गर्ने रणनीति अख्तियार गरे । जनयुद्ध आफैंमा एउटा जोखिम थियो – त्यो उनले उठाए । करिब एक दशकको छोटो समयमा उनले पुरानो सत्ताको समानान्तार सत्ता चलाए । संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरु ‘माओवादीबाट सिक’ भन्नेमा पुग्यो । जनयुद्धको निश्चित सफलताबाट उनले पार्टीलाई नयाँ मोर्चामा सिफ्ट गर्ने अर्को जोखिम मोले । अहिले उनीबाट अलग्गिएका उनका सहयात्रीहरुले जे जे आरोप लगाए पनि उतिबेला केवल जनयुद्धकै बलमा सत्ता कब्जा गर्न नसकिने प्रचण्डको निष्कर्षमा कोही असहमत थिएनन् । जनयुद्धमै हुँदा ‘जनआन्दोलनमा जनयुद्धलाई फ्युजन गर्न’ कुनै ढिलाइ गरेनन् र संसदवादी शक्तिको नेतृत्व गरिरहेका गिरिजाप्रसाद कोइरालासँग सहकार्य गर्न अघि सरे । यसो गर्दा सुधारवादको आरोप लाग्छ भन्ने उनलाई पक्कै थाहा थियो । उनले बिद्रोहबाट आएको शक्तिलाई लिएर संविधानसभाको चुनावबाट यताका रैथानेहरुलाई पछारे । प्रचण्ड नयाँ मोर्चामा आएपछि केही अलमल्लिए र क्रमभंग गर्ने ठाउँ पाएनन् । प्रधानमन्त्रीबाट राजीनामा दिनु उनको अर्को क्रमभंग थियो । तर उनको यो क्रमभंगले संसदीय कोर्समा काम गरेन । त्यो गल्ती थियो भन्नेहरु पनि छन् । तर त्यो प्रचण्ड प्रवृति थियो । त्यो बिचमा प्रचण्डको लोकप्रियताको पारो घटाउन राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेललाई प्रचण्डले नबुझेका थिएनन् । तर माथि भनिएजस्तै उनको वर्षमा हिसाब गर्ने प्रवृत्ति सायद यो विषयमा फेल खायो । पार्टीभित्रैबाट क्रान्तिकारिताको नाममा उनीमाथि भएको आक्रमण बेवास्ता गर्न नसकिने तथ्य हो । बिचमा उनले पुष्पकमल दाहाल भएर थुप्रै कोसिस गरे । तीस पार्टीको मोर्चा बनाए । सडकमा ल्याए । आफूबाट फुटेकाहरु लाई जोडे र एकीकृत गरे । सडकबाट थुप्रै घोषणा गरे । संविधानसभाभित्र बहुमतमा आसिन संसदवादीहरु पुष्पकमल दाहालको अवतार देखेर खिस्स हाँसे । संविधानसभाका जननीकर्ता प्रचण्ड अधिकारको माग गर्दै संविधानसभामा घण्टौं नारा लगाईरहँदा बुर्जुवाहरु बार्दली ‘रम’ पिए ।
प्रचण्ड त्यस्तो पार्टीका प्रमुख होइनन् जस्तो पार्टी सुशील कोइराला चलाउँछन् । आफैले जोखिमहरुसँग जुधेर खडा गरेको पार्टीका नेता हुन् प्रचण्ड । उनको उचाई उनैले बनाएका हुन् । सुशिल र ओलीको झैं कसैले बनाइदिएको उचाइमा उनी उभिएका छैनन् ।
उनले बनाएको १६ बुँदेले अहिले देशलाई निकास दिएको मात्रै छैन उनीमाथि गम्भिर आरोप पनि लागेको छ । पहिचानवालाहरु उनलाई आत्मसमर्पण गरेको आरोपमा हत्या गर्नेसम्मको धम्की दिइरहेका छन् । तर उनले उनका बिरोधीहरुको मुख बन्द गराइदिएका छन् र राजनीतिको मुलधारमा प्रचण्डको अनिवार्यता स्थापित गरेका छन् । प्रचण्ड फेरी एकपटक तरबारको धारमाथि छन् । तरबारको धारमाथि उनी बल्ल प्रचण्डजस्ता देखिन्छन् । १६ बुँदेबाट धोका भयो भन्नेहरुले हिसाब गरेका छन् कि छैनन्– संविधानसभामा परिवर्तन बिरोधीहरुको भारी बहुमत छ । उनीहरुले चाहेको दिन प्रचण्ड, महन्थ, उपेन्द्र र अशोक राईहरु संविधानसभा भवन छिर्न नपाउँदै नयाँ संविधान घोषणा गर्ने कानुनी अधिकार राख्छन् । यसरी हेर्दा १६ बुँदे धोका होइन उपलब्धि हो । बिद्रोहलाई संविधान या कानुनले छेक्दैन । पहिचान पक्षधर र परिवर्तन पक्षधरहरुसँग यो अधिकार सधैँ सुरक्षित छ । प्रचण्डले बिद्रोहसमेत गरिन्न भनेर सम्झौता गरेका पनि छैनन् । उनले बरु कानुनी या संवैधानिक लडाईंका लागि १६ बुँदेमार्फत स्पेश बनाएका छन् । प्रदेशको नामाकरण बाँकी छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेश बनाउनुपर्ने शर्त स्पष्ट छ । शासकीय स्वरुपमा आफ्नो फरकमत दर्ज गरेका छन् । सारमा तत्काल बिद्रोह नगर्ने अवस्थामा १६ बुँदे सहमति उपलब्धिपूर्ण छ । बरु प्रचण्ड देशलाई निकास दिएर उनीप्रति बुर्जुवाहरुले प्रवाह गरेका नकारात्मक सन्देशलाई चिर्न सफल भएका छन् । तर अवश्य पनि यो निकै जोखिपूर्ण निर्णय हो । अझ भनौँ उनले एकपटक फेरी तरबारको धारमाथिको यात्रा तय गरेका छन् । उनले १६ बुँदेमा टेकेर लथालिंग आफ्नै पार्टी पुर्ननिमाण गर्नु छ । भत्किएका मनहरुलाई जोड्नु छ । उनीमाथि हिजोका सहयात्रीहरुले गरेको शंकालाई विश्वासमा परिणत गर्ने चुनौती छ । आङकाजीजस्ता कट्टर जातिवादीहरुलाई परिस्थितिको बोध गराउनुछ । उनीविरुद्धको बुर्जुवा प्रचारसंयन्त्र १६ बुँदेको झटारोले इन्तु न चिन्तु त भएको छ तर त्यो ब्युतिन्छ र उनीविरुद्ध जनतालाई धोका दिएको भन्दै मोर्चा खडा गर्छ– त्यो विरुद्ध लड्ने संयन्त्र निर्माण गर्नुछ । उनका जनयुद्ध लडेका सहकर्मीहरु अलग पार्टी बनाएर सडकमा छन् । उनीहरु अलग्गिएदेखि आजसम्म प्रचण्डले चाल्ने राजनीतिक कदमको प्रतिकृया दिनेबाहेक फरक मोर्चामा छैनन् । तर ती इमान्दार क्रान्तिकारीहरु हुन् भन्ने भुल्न हुने छैन । १६ बुँदेबाटै देशको कार्यकारी प्रमुखमा आउँदै गरेका ‘राजनीतिक भंङजा’ सँगको सहकार्य प्रचण्डलाई गलपासो हुनसक्छ । यी बिचबाट परिवर्तनका एजेण्डाहरु केहीलाई संस्थागत गर्नु र केहीलाई आन्दोलनको रुपमा विकास गर्नु सायद उनको मुलभूत दायित्व हो । उनले राष्ट्रपति खाइँदैन भन्दिए । प्रधानमन्त्री चाहिँदैन भन्दिए । ‘देशको निकास र भूकम्पबाट थलिएको मुलुकको विकास’ भन्ने उनको नारामा प्रचण्ड प्रवृति छ । र प्रचण्ड फेरि एकपटक प्रचण्ड जस्ता देखिएका छन् । प्रचण्ड त्यस्तो पार्टीका प्रमुख होइनन् जस्तो पार्टी सुशील कोइराला चलाउँछन् । आफैले जोखिमहरुसँग जुधेर खडा गरेको पार्टीका नेता हुन् प्रचण्ड । उनको उचाई उनैले बनाएका हुन् । सुशिल र ओलीको झैं कसैले बनाइदिएको उचाइमा उनी उभिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies