Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शौचालय बनाउन नसक्नेलाई सरकारलेनै बनाइदिने

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताएका छन् ।

जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उनले भने, “सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ ।”

मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानमा सहयोग गर्नका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताका लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गरिदिने बताए ।

उनले भने, “तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, प्रदेश सरकारले त्यहाँ सार्वजनिक शौचालय बनाउँछ ।” मुख्यमन्त्री राउतले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियानअन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको पनि जानकारी गराए।

‘सम्पूर्ण प्रदेशवासीको महत्वपूर्ण अभिभारा खुला दिसामुक्त एवं स्वच्छ बनाऔँ, गाउँ शहर सारा’ भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति प्रदेश नं २ ले आयोजना गरेको कार्यशालामा धनुषा र महोत्तरीका गाउँ र नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।

सो अवसरमा उनीहरुले आउँदो असार १५ सम्म आफ्नो पालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । धनुषामा ९५ र महोत्तरीमा ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको तथ्याङ्कले देखाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending