Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

खानेपानी मन्त्रीकै जिल्लामा खानेपानीको अभाव

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर, स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउनुपरेको छ ।

फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ । आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ । अझै पनि धारामा पानी आइपुगेको छैन । आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी लक्ष्मीदत्त जोशीले बताए ।

\'खानेपानी आयोजना निर्माणपछि सहजरूपमा पानी पाउने आशामा थियौँ\' उनले भने, \'धारामा पानी नआउँदै उद्घाटन गरियो । पानीपछि आउँछ भन्थे, अहिलेसम्म आएको छैन ।\' शुद्ध पेयजल उपलब्ध नहुँदा हातेपम्पको असुरक्षित पानी पिउनुपरेको उनले बताए ।

विसं २०५२ मा स्थापना भएको खानेपानी आयोजना निर्माणमा रु ८३ लाख रकम खर्च गरिएको थियो । धारापानीमा रहेको खानेपानीको बाँध बाढीले बगाएपछि पुनः रु ४० लाख खर्च गरेर गिठेमा बाँध बनाई पानी ल्याउने भन्दै कार्य अगाडि बढाइए पनि बस्तीसम्म पानी पुग्न सकेन । \'खानेपानी आयोजना मर्मतका लागि वर्षेनी बजेट आउँछ भन्ने सुनिएको छ, त्यो कुन ठाउँमा खर्च हुन्छ थाहा हुँदैन\', स्थानीयवासी पवन हमालले भने ।

फुलेली चुरे नजिकैको ठाउँ भएकाले हातेपम्प गाड्नसमेत धेरै रकम खर्च गर्नुपर्दछ । आर्थिकरूपमा विपन्न परिवारले हातेपम्पसमेत गाड्न नसक्दा खानेपानीका लागि अरुकै भर पर्नुपर्ने बाध्यता छ । \'खानेपानी आयोजनाका पाइप खेत भएर गाड्न थालेपछि निकै उत्साहित थियौँ\', स्थानीय बिजुलीदेवी धामीले भनिन्, \'घर नजिकै धारा बनाइँदा सहजरूपमा खानेपानी पाउने भयौँ भनेर खुशी थियौँ, धारा निर्माण भएको वर्षौं बितेपनि पानी नपाउँदा निराशा मात्रै हात लागेको छ ।\' फुलेली खानेपानी आयोजना निर्माण समितिको म्यादसमेत धेरै अघिनै सकिएको छ ।

वडाध्यक्ष बहादुरसिंह महराले मर्मतका लागि वर्षेनी आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताए। \'मर्मतका लागि आएको बजेट दुरुपयोग भएको रहेछ भने कारवाही प्रक्रिया अगाडि बढाउन तत्पर छु\', उनले भने । यस्ता खानेपानी आयोजना भूस्खलन, बाढीलगायतका कार्यले बढी क्षति हुने भएकाले मर्मतका नाममा रकमको दुरुपयोग बढी हुने गरेकाले यसको विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको उनले बताए ।

\'पिउने पानीको अभाव पूर्ति गर्न दुई खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइरहेका छौँ\', उनले भने, केही वर्षभित्रै आयोजना निर्माणको कार्य पूरा गरी सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउँछौँ ।\'

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending