Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सम्बन्धविच्छेदको मुख्य कारण हतारमा विवाह

जाजरकोट । घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा सर्वराज खत्रीले बताए।

“कम उमेरमा विवाह गर्ने र विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ , विवाह गर्ने उमेर पुगेका महिला सम्बन्धविच्छेदका लागि सन्तान काखी च्यापेर अदालत पुग्नेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने । १४र१५ वर्षको उमेरमा विवाह गरेर परिपक्व भएपछि घरेलु हिंसा सहन नसकी सम्बन्धविच्छेद गर्न बाध्य भएको महिलाहरुको भनाइ छ ।

गरीब, दलित र निम्न आय भएका परिवारमा सानै उमेरमा विवाह गर्ने धेरै छन् । जाजरकोटमा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएका रामविक्रम शाहले बताए । जनचेतनाको कमीका कारण बालविवाह हुने र त्यसका कारण उत्पन्न हुने विभिन्न सामाजिक समस्या चुनौतीका रूपमा खडा भएको उनको भनाइ छ ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । वैशाखसम्म सम्बन्धविच्छेदका १०३ मुद्दा दर्ता भएका रेकर्डमा उल्लेख छ  । जसमध्ये गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १० छ । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या २९ रहेको अदालतले जनाएको छ ।

अदालतले गत साउनदेखि हालसम्म सम्बन्धविच्छेदका ६५ मुद्दा फर्स्यौट गरिसकेको छ । कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाइजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, खाना लाउन नदिएको, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण देखाउँदै सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका अदालतले जनाएको छ । पछिल्लो समय अंशसहितभन्दा अंश नलिई विच्छेद गर्ने र उजुरीकर्ता पुरुष पनि बढेका छन् ।

नलगाड नगरपालिका–११, रग्दाकी मनकुमारी विक २८ वर्षकी भइन् । उनका दुईदेखि १३ वर्षसम्मका छ छोराछोरी छन् । १४ वर्षको उमेरमा विवाह गरेकी मनकुमारीले हिंसाका कारण अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न बाध्य भएको बताइन् । “पढ्दापढ्दै विवाह गरियो, विवाह गरेको एक वर्षभित्र बच्चा जन्मिएपछि पढाइ पनि छुट्यो”, नलगाड बारेकोट गाउँपापालिका–४ की रमा शाहीले भनिन्, “अहिले श्रीमान्बाट अलग बसेकी छु, उनले अर्को केटी विवाह गरेर दुःख दिएपछि हामी चार छोराछोरीसहित अलग भएको करीब एक वर्ष भयो ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: