भरतपुर। देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । “यस वर्ष पूँजीगततर्फ रु ७५ लाख र चालूतर्फ रु २० लाख बजेट निकासा भएको हो, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भन्नुभयो, यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।”
देवघाटमा रहेका १२५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उहाँको माग छ । पौडेलले भन्नुभयो, “देवघाट क्षेक्र सरकारको नीति कार्यत्रम र बजेटमा प्रथामिकतामा अहिलेसम्म परेन, देवघाटको विकासका लागि छुट्टै ऐनको अभावमा समस्या खड्किएको छ ।”
“देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न रु छ अर्ब आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ”, उहाँले भन्नुभयो । गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट रु एक अर्ब, प्रदेश नं ३ बाट रु एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट रु एक अर्ब बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताउनुभयो । रु तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
विसं २०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको उहाँ बताउनुहुन्छ । दश वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताए । सबै पक्षको समझदारी, एकता र समन्वयबाट गुरुयोजनाअनुसारका काम अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन महत्वका योजना सम्पन्न गरिने बताए ।
चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि ज्येष्ठ नागरिक ९वृद्धाश्रम० भवन निर्माणसम्मका काम गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । उनले ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २० प्रतिशत काम असारसम्म सम्पन्न हुने प्रतिबद्धता जनाए। विद्युतीय शवदाहगृह, पर्यटकीय गोलघरलगायतका महत्वपूर्ण योजना निर्माणको चरणमा रहेको उनले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि ४६ योजनामा बजेट माग गरिएको घिमिरेले बताए।
चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाट क्षेत्र पाँच हजार ४३४ हेक्टरमा फैलिएको छ । विकास समिति ऐन, २०१३ अनुरुप देवघाट क्षेत्र विकास समिति गठन भएपछि विसं २०५१ बाट औपचारिक कार्य प्रारम्भ भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: