Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

विपन्नलाई सहयोग गर्दै ‘कतार च्यारिटी’

अरब देशको दातृ निकाय ‘कतार च्यारिटी’ले नेपालका विभिन्न जिल्लामा गरीब तथा विपन्न परिवारको आयआर्जन विकासमा सहयोग गर्दै आएको छ । पछिल्लो एक वर्षमै उक्त संस्थाले सीप विकाससँगै आयआर्जनका कार्यक्रम सयौँ गरीब तथा विपन्न समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ ।

रमजानको महीना पारेर ‘रमजान फुड प्याकेट डिस्ट्रीब्युसन’ कार्यक्रमअन्तर्गत हालैमात्र २०० भन्दा बढी गरीब, एकल महिला, असहाय परिवारलाई २५ किलो चामल, पाँच किलो पिठो, तीन किलो चना, तीन किलो चिनी, पाँच लिटर तेल र एक किलो नुन सहयोग गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्सादअलि शेखले जानकारी दिए ।

हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको भन्दै उनले संस्थामार्फत् दशैँ, तिहार, रमजान, इदजस्ता चाडपर्वको अवसरमा नियमित सहयोग उपलब्ध गराउँदै आएको बताए ।

कतार च्यारिटी दुई वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको छ । संस्थामार्फत् अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, विद्यालयमा चर्पीलगायतका आवश्यक पूर्वाधार निर्माण, कमजोर आर्थिक अवस्था भएकालाई विभिन्न प्रकारका आर्थिक सहयोग हुने गरेको छ ।

विश्वको ३० देशमा कार्यक्रम सञ्चालन गरेको संस्थाले गत वर्षबाट नेपालमा सहयोग गर्न थालेकामा यसअघि सर्लाही र रौतहटका करीब २६४ परिवारलाई रु ७२ लाख बराबरको बाख्रा वितरण गरेको र रौतहटका १० लाई किराना पसल तथा १० लाई ठेला पसल सञ्चालनका लागि आवश्यक सहयोग गरेको जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending