Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अफगानिस्तानमा टीभी प्रस्तोताको हत्याको निन्दा

अफगानिस्तान । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन्।

विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी मारिएको थियो।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन्।

प्रहरीले अनुसन्धान थालेको छ। तर उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन।
शनिवार प्रकाशित एउटा वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ।

अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका छन्।
मङ्गलले हालसालै आफ्नो फेसबुकमा आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको उल्लेख गरेको महिला अधिकारवादी वाज्मा फ्रोगले ट्विटरमा लेखेकी छन्।

उनलाई दिइएका भनिएका धम्कीको प्रकृतिबारे धेरै जानकारी उपलब्ध छैन।

तर एक प्रहरी प्रवक्ताले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै पारिवारिक झमेलाबारे पनि अनुसन्धान भइरहेको बताए।

अफगानिस्तानमा महिलाविरुद्ध हिंसा

उनको हत्यापश्चात् अफगानिस्तानमा सामाजिक सञ्जालमा महिला हिंसाको स्तरबारे निकै चर्चा भएको छ।

कतिपयले अफगानिस्तानमा महिलाविरुद्धका अधिकांश ठूला अपराधका घटना दिउँसै अनि काबुलको अतिसुरक्षित मानिने ग्रीन जोनमा हुने गरेको औँल्याएका छन्।
एक महिला दिउँसै मारिएकी छन्। किनभने एक पुरुषलाई लाग्यो कि उनी मारिनलायक छिन्, वाज्मा फ्रोगले लेखेकी छन्।

खासगरी तालिबान समूहको वर्चस्व रहेका इलाकाहरूमा लैङ्गिक हिंसा बढिरहेको अभिलेख अधिकारवादी समूहहरूले राखेका छन्।

प्रेस अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तानलाई राखेको थियो।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending