रसुवा । स्याफ्रबेँसी मैलुङखण्डको नयाँ राजमार्ग सुधारका लागि जिल्लामा क्रियाशील राजनीतिक दल एकताबद्ध तवरले अगाडि बढेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष कर्नेल तामाङका अनुसार आफ्नो दलका साथै नेपाली काङ्ग्रेस एवं नयाँशक्ति दलको एकता र सहयोगबाट मैलुङ स्याफ्रु खण्डको नयाँ राजमार्गमा सहजरुपले यातायात सञ्चालन गराउन सुधारको अभियान सञ्चालन गरिएको हो ।
नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्न उत्तरी नाका क्रमशः व्यवस्थित र मर्यादित बनाउने अभियानअन्तर्गत विसं २०७४ मा नेपाली सेनाले खोलेको स्याफ्रुबेँसी–मैलुङखण्डको १७ किमी राजमार्गको धुञ्चे पुच्छार त्रिशूली खोलालगायतका स्थानमा ह्युमपाइप राखिएको र पहिरोका कारण असहज स्थानमा सडक मिलाउन थालिएको उनले जानकारी दिए।
ह्युमपाइपलगायत सिमेन्ट उधारोमा खरीद गरी राजमार्ग व्यवस्थित पार्न लागिएको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ तामाङले त्रिशूली खोलामा मोटरसाइकल तार्दा डुब्ने, स–साना जिपको साइलेन्सरमा पानी पस्न गई सवारी साधन बिग्रन थालेका र केरुङबाट सामान लिई आएका डिब्बासमेत पल्टिन गएका कारण जोखिम न्यूनीकरण गर्न दलबीच सहकार्य गरी सुधारका अभियान चालिएको बताउनुभयो । राजमार्गका खोलामा ह्युमपाइप राख्ने काम सम्पन्न भइसकेको र अहिले सडक सतह मिलाउने काम भइरहेको सभापति तामाङले बताउनुभयोए ।
प्रजिअ अर्जुन भण्डारीको समन्वयनमा नेकपा र नेकाका सभापति एवं आमाछो दिङमो गाउँपालिका–१ को सहयोगका कारण त्रिशूली खोलामा ह्युमपाइप राखिएको र सांसद मोहन आचार्यले निःशुल्क स्काभेटर उपलब्ध गराएको वडाध्यक्ष निमा दिण्डु तामाङले जानकारी दिए । सडक सुधारमा यहाँ निर्माणाधीन रसुवागढी तथा साञ्जेन हाइड्रोपावरको केही सहयोग रहेकोसमेत वडाध्यक्ष तामाङले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: