पोखरा । कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् ।
वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा रु पाँच करोड ४९ लाख ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।
कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन ९तरकारी० अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।
स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४/७५ निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिए ।
हावाहुरी र असिनाले राधिका एग्रो फार्ममा हाइटेक ग्रिनहाउस उडाउँदा छ लाख, डीआरएग्रो फार्ममा दुई लाख ५० हजार, वेगखोला दिदी बहिनी कृषि फार्म रु चार लाख र वरपिपल एग्रोमा रु दुई लाख क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी अस्थायी प्लाष्टिक घर बालीतर्पm उजिर बुढाथोकीको चार लाख, लालप्रसाद न्यौपानेको रु एक लाख ५० हजार, विश्व सापकोटाको रु एक लाख तथा झौरीखेत कृषि सहकारी लिमिटेडअन्तर्गत खुलारूपमा लगाइएको तरकारी बाली नष्ट भएको उहाँले राससलाई बताए ।
हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ ।
उनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबार, कृषि विकास निर्देशनालय, मालेपाटन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार एवं पोखरा महानगरपालिका वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ कार्यालयमा क्षतिपूर्तिका लागि कृषकको मागसहित जानकारी पठाइएको छ ।
राधिका एग्रो फार्मका सञ्चालक मोहन कार्कीका अनुसार हावाहुरीले हाइटेक (हरितगृह) मा लगाएको प्लाष्टिक सबै उडाएपछि गोलभेँडा खेतीमा क्षति पुगेको छ । एक रोपनी जग्गामा निर्माण गरिएको टनेलभित्र भर्खरै फूल खेलेका ५०० गोलभेँडाका बिरुवालाई क्षति पुगेकामा दुःख व्यक्त गर्दै उनले हाइटेकमा रु ४० हजारको प्लाष्टिक खरीद गरेर पुनः ओढाउने तयारी भइरहेको बताए।
“जग्गा भाडामा लिएर नौ टनेल निर्माण गरी आठ वटामा लगाएको काक्रो लटरम्म फलेको थियो”, पोखरा–१३ कुँडरफाँटकी अर्का कृषक लक्ष्मी बुढाथोकीले मलिनो अनुहार पार्दै भने । दैनिक पाँचरछ सय केजी बिक्री गर्दै आएकोमा हावाहुरीले एकै छिनमा टनेलको प्लाष्टिकसँगै सबै खुशी उडाएको उनको भनाइ थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: