Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो - मन्त्री विश्वकर्मा

काठमाडाैं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पाारेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा आयोजना र सफलरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको जानकारी दिए । सागको मिति अब नसर्नेसमेत उनको भनाइ थियो ।

सरकारको आर्थिक वर्ष २०७६÷७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औँ साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा उल्लेख गर्नुभएको बताउँदै उनले बिहीबार मात्रै उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिए ।

मन्त्री विश्वकर्माले सीमित स्रोत र साधनको बाबजुद पनि नेपालले खेलकूद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पार्दै भने, “हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने इतिहास छ । अझै गौरव गर्न लायकको अवस्था बनिरहेको छ, १३ औँ साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको छ ।”

उनले प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको बताउँदै आगामी जेठदेखि नै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने बताए ।

प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको बताउँदै उनले भूकम्पपछि भत्किएको दशरथ रङ्गशालाको पुनःनिर्माणको काम पनि तीव्र गतिमा भइरहेको जानकारी दिए। “रङ्गशाला पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ, सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । सातदोबाटोकै तेक्वाक्दो र कराँतेको हल पनि निर्माण भइसकेको छ”, उनले भने ।

खेलकुद क्षेत्रको विकासका लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने बताउँदै उनले धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न लागेको कुरा सकारात्मक भएको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies