विराटनगर । महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।
सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनीहरुको धारणा छ ।
‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘महिला हिंसा न्यूनीकरण मानवअधिकार संरक्षण एवं सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता’ विषयक “राष्ट्रिय अभियान” कार्यक्रममा उनीहरुले उक्त धारणा राखेको हो ।
सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अपराध र हिंसाबाट समाजलाई मुक्त गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न सबैको दायित्व हो भने । मुख्यमन्त्री राईले एउटा निश्चित उद्देश्य र लक्ष्य पूरा गर्न राज्य अघि बढिरहेको अवस्थामा सबैको सम्मान हुनुपर्छ भन्दै सरकारले सुरक्षा र सुशासनलाई विशेष जोड दिएको चर्चा गरे ।
उनले प्रदेशको सुरक्षालाई बलियो र सुदृढ बनाउन सरकारले धेरै सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै हिंसामा परेकालाई समाजमा पुनःस्थापित गराउन प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा पुनःस्थापना केन्द्र स्थापना गर्ने जानकारी दिए ।
प्रदेश नं–१ का उपसभामुख सरस्वती पोखरेलले महिलालाई उच्च सम्मान दिनुपर्ने समाजमा महिला हिंसा, बलात्कार र शोषणका घटना बढ्नु दुःख लागेको बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि महिलाले पीडित बन्न नपरोस् भन्ने हेतुले नेपाल प्रहरी कार्यरत क्षेत्रमा निकै संवेदनशील छ भन्नुहुँदै अपराधका घटना बढ्नु, यौनजन्य, शोषण र बलात्कार घटना हुनुमा समाजको परिवेशले पनि चित्रण गर्छ भने । उनले कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले काठमाडौँमा रु पाँच करोड ८१ लाख लागतमा सिसी क्यामेरा जडान गर्न लागको जानकारी दिँदै समाजलाई सुरक्षित पार्न यस्ता उपकरण सहयोगी रहेको चर्चा गरे ।
उनले बुटबल, सुर्खेत र चितवनमा खुल्ला कारागार निर्माण गर्ने अवधारणा ल्याएको स्पष्ट पार्दै कानूनको अज्ञानतालाई कम गर्न ल्याएको अभियान अहिले एक लाख ९० हजार जनतामा पुगेका र भविष्यमा ६० लाख जनता माझमा पुग्ने जानकारी दिए ।
आयोगका सदस्य मोहना अन्सारीले मानिसले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ अनि मात्र समाजमा महिला सुरक्षित रहन्छन् भने ।
प्रदेशका प्रमुख न्यायधिवक्ता चुडामणि आचार्यले समाजलाई सबै क्षेत्रबाट सुरक्षित पार्न सचेतना र चेतनामूलक कार्यक्रम सञ्चालन हुनुपर्छ भने ।
आयोगका विराटनगर कार्यालय निर्देशक मोहनदेव जोशीले प्रदेश नं।१ अन्तर्गतका १४ जिल्लामा बलात्कार, महिला हिंसा र शोषण, बालविवाह, बेचविखन जस्ता घटनाका बारेमा जानकारी दिएका छन् ।
कार्यक्रममा महिला हिंसामा पीडित चारजना महिलाले गोप्य स्थानबाट आफूले भोगेका समस्या कार्यक्रममा टेलिफोनकोमार्फत आउने आवाजलाई म्याकमा राखेर सबैलाई सुनाउँदा धेरै मानिस मलिन भएका थिए । आफ्ना चितकार सुनिरहेका मानिसले यस्तो दुःख दिने र हिंसामा पारेर अरुलाई सताउने मानिसलाई कानूनले कडा भन्दा कडा कारवाही हुनुपर्ने भनिरहेका थिए भने प्रहरी महानिरीक्षक खनाले आफ्ना प्रहरीलाई यस्तो घटनाबाट पीडित भएकालाई सहयोग गर्न निर्देशन दिएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: