Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

खेल क्षेत्र प्रदेश सरकारको विशेष प्राथमिकतामा छ : मन्त्री दुलाल

चितवन । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले खेलकुदको दिर्घकालीन विकासका लागी प्रदेश सरकारले योजवद्ध रुपमा काम गरीरहेको बताएका छन । भरतपुर गोल्डकपको उद्घाटन गर्दै मन्त्री दुलालले राष्ट्रको सिर उचो पार्ने खेल क्षेत्र सरकारको विशेष प्राथमिकतामा परेको बताएका हुन । 

प्रदेश सरकारबाट खेलकुद सम्बन्धी कानुन पारित गरेर योजनावद्ध रुपमा काम गरीरहेको मन्त्री दुलालको भनाई छ । प्रदेश सरकार संघिय सरकार र स्थानिय सरकारसँग मिलेर नयाँ ढंगवाट अघि बढेको बताउदै उनले भने विगतमा जस्तो खेल क्षेत्रलाई वास्ता नगर्ने काम अब हुँदैन । 

मन्त्री दुलालले नेपालको खेलकुद इतिहासको स्वर्ण युगमा प्रवेश गरेको बताएका छन । उनले विगतमा खेल क्षेत्रलाई राज्यले खासै वास्ता नगर्दा पनि खेलाडी र विभिन्न संघ सस्थाको निरन्तरको प्रयासमा विश्व खेलकुदमा नेपाललाई उदयमान राष्टको रुपमा परिचित गराएको भन्दै प्रसंसा पनि गरे । सरकारको खेलमैत्रि नीतिले स्वर्ण युग सुरु भएको बताए । अब नयाँ सोचका साथ अघि बढ्नुपर्ने भन्दै उनले खेललाई मनोरञ्जनका रुपमामात्र नभई व्यवसायीक बनाउदै लैजानुपर्नेमा जोड दिए । 

विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी सहभागि भएर स्वदेश फर्कदा जितेर आए खादा बोकेर ठेलमठेल गर्दै जाँने तर पराजित भएर आए कसैले वास्ता नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो मानसिक्ता सवैले त्याग्नुपर्ने बताए । 

उद्घाटन कार्यक्रममा सांसद घनस्याम दाहाल, भरतपुर महानगरका उपप्रमुख पार्वति साह ठकुरी, प्रतियोगिताका आयोजक ए जे इन्टरनेसनल प्रा लि का प्रमुख कार्यकारी अधिकृत आलोक प्रताप राणा लगायतको सहभागिता रहेको थियो ।

आजबाट सुरु भएको प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागिय क्लव सहित १२ वटा राष्टिय फुटबल टिमको सहभागिता रहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: