Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

चिनियाँ ह्याकरद्वारा दुई हजार सरकारी वेबसाइटमाथि आक्रमण

काठमाडाैं । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - त्यसो त चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार निरन्तर आक्रमणकै कारण सरकारी वेबसाइटमा समस्या आएको हो । ‘आक्रमण रोक्न हामीले लगातार प्रयास ग-यौँ । तर, छिनछिनमा हुने आक्रमणले सबै सरकारी वेबसाइट एकसाथ बन्द हुन पुगे,’ उनले भने, ‘डाटा सेन्टरमा सुरक्षा प्रणालीका रूपमा डिजिओएस हार्डवेयर र उच्च क्षमताको सर्भर प्रयोग गरिएको छ । त्यसका बाबजुद वेबसाइटमा आक्रमणकारीले एकैपटक ठूलो मात्रामा ट्राफिक पठाउँदा थेग्न नसकेपछि सर्भर डाउन भएको हो ।’केही दिनयता सरकारी वेबसाइट छिनछिनमा बन्द हुने समस्या देखिएको थियो । आइतबार १०ः३० बजेपछि करिब पाँच घन्टा सरकारी वेबसाइट पूरै बन्द रहे ।

‘कहिलेकाहीँ फेसबुक पनि रोकिन्छ । यस किसिमको जोखिम आउँछ भनेर सचेत रहने विषय हो,’ सहायक निर्देशक पोखरेलले भने, ‘हामी अहिले समस्याको छिद्र पहिल्याइरहेका छौँ । आगामी दिनमा यस किसिमको आक्रमण आउन नदिने प्रयासमा जुटिरहेका छौँ । सम्भवत अब यो हदसम्मको समस्या बेहोर्नुपर्ने छैन ।’ केन्द्रको अनुसन्धानमा चिनियाँ भूमिबाट साइबर हमला भएको देखिएको छ ।

कोरिया सरकारको सहयोगमा हेटौँडामा ब्याकअपको रूपमा छुट्टै डाटा सेन्टर छ । सरकारले त्यो डाटा सेन्टर यसै महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हेटौँडाको डाटा सेन्टर सञ्चालनमा आए यस किसिमका आक्रमण हुँदा विकल्प तयार रहनेछ ।
साइबर सुरक्षाको क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता सचिन ठकुरी सरकारी वेबसाइटमा पुराना तथा अवधि सकिएका सफ्टवेयर प्रयोग भएका कारण यस्तो समस्या आउने गरेको बताउँछन् । ‘ब्याकअपका रूपमा सर्भरको व्यवस्थापन गर्न सकिएको भए यस्ता आक्रमण आएको अवस्थामा छोटो समयमै समस्या समाधान गर्न सकिने थियो,’ उनी भन्छन् ।

वैदेशिक रोजगारीसम्बन्धी सबैजसो सेवा प्रभावित भए
भीष्मकुमार भुसाल
महानिर्देशक, वैदेशिक रोजगार विभाग

अप्रत्याशित रूपमा आइतबार दिनभरजसो सर्भर डाउन हुँदा वैदेशिक रोजगारीमा जान टिकट लिएका कामदारलाई समस्या परेको छ । तर, आइतबार नै जान बाध्य कामदारको संख्या थोरै भएकाले कार्यालय समयभन्दा पछाडि समेत श्रम स्वीकृतिको काम गरिरहेका छौँ । वैदेशिक रोजगारीसम्बन्धी सबैजसो सेवा अनलाइन प्रणालीमै रहेकाले गुनासो दर्ता गर्नेदेखि मागपत्र प्रमाणीकरणसम्मका सेवा प्रभावित भए । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली विभिन्न निकायको अनलाइन प्रणालीसँग अन्तरआबद्ध भएकाले सूचना आदानप्रदानमा समेत समस्या झेल्नुप-यो ।

दर्तादेखि भुक्तानीसम्मका सेवामा समस्या भयो
यज्ञप्रसाद ढुंगेल
उपमहानिर्देशक, आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व विभागअन्तर्गतका दर्तादेखि भुक्तानीसम्मका सबै सेवा अनलाइन प्रणालीमा छन् । सेवाग्राहीले आफ्नो विवरणसमेत अनलाइनमै हेर्न मिल्छ । दिनभरजसो सर्भरमा समस्या आउँदा सेवा प्रभावित भयो । कार्यालयमा सम्पर्क राख्ने केही सेवाग्राहीलाई आइपीको माध्यमबाट सेवा लिन आग्रह गरेका थियौँ । छोटो समयका लागि समस्या आउने गरेको भए पनि यति लामो समयसम्म सेवा प्रभावित भएको यो नै पहिलोपटक हो । यस किसिमको समस्याको विकल्पका विषयमा समेत हामीले सोच्नुपर्ने भएको छ ।

सर्भरमा समस्या आउँदा कागजी प्रक्रियामै जानुप-यो
रामकाजी खड्का
महानिर्देशक, राहदानी विभाग

राहदानीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरिएको छ । तर, सर्भरमा समस्या आएपछि हतारो भएकालाई कागजी प्रक्रियाबाट फारम भर्न लगाएका छाैँ । बाँकीलाई भने भोलि आउन भनेका छौँ । यस्तो समस्या यसअगाडि बेहोर्नुपरेको थिएन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE