Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

गाैशालामा घरका परिवारलाई नियन्त्रणमा लिईं पाँच लाखको लुटपाट

गौशाला। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ ।

जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।

उनका अनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बाङ्गो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।

चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एक थान, सुनको ६ आनाको झुम्का एक थान, सुनको चार आनाको औँठी एक थान, सुनको एक तोलाको टप एक थान, सुनको एक तोलाको मोती एक थान, सुनको दुई तोलाको हनुमानी दुई थान, सुनको दुई तोलाको बाला एक जोडा मूल्य, चाँदीको ४० तोलाको हँसुली (घाँटीमा लगाउने गहना) एक थान, चाँदीको १८ तोलाको पाउजु दुई थान, नोकिया कम्पनीको मोबाइल दुई थान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

घटना घटेलगत्तै बिहान साढे २ बजे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विज्ञान बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र चोरको व्यापक खोजतलास गर्नुका साथै घटनाबारे विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। घरपरिवारका सदस्यलाई कुटपिट अथवा कुनै घाउचोट नपु¥याएकाले ती चोर चिनजानकै हुनुपर्ने प्रहरी उपरीक्षक कार्कीले दाबी गर्नुहुँदै चाँडै ती चोर पत्ता लाग्ने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies