झापा । झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो पनि छ ।
पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष छिन्।
\'आर्थिक अनियमितता गर्दैनौँ र खानपानमा हामी लोभिदैनौँ”, तीन पुरुष प्रतिस्पर्धीलाई चुनावमा जितेर आएकी विर्तामोड–९ की वडाध्यक्ष पाठक भन्छिन्, \'महिलालाई वडाध्यक्ष बनाउनु हुँदैन, यिनीहरुले काम गर्न सक्दैनन्, जान्दैनन् भनेर हिजो हेप्नेहरु आज हाम्रो कामको प्रगति देखेर चुपचाप छन् ।\'
महिला अध्यक्ष भएको वडा तहमा सुशासन र विकास निर्माणले गति लिएको उनीहरुको दाबी छ । वडाध्यक्ष पाठकले आफ्नो वडामा कुनै पनि उपभोक्ता समिति गठन गर्नुपर्दा महिलालाई अनिवार्य कोषाध्यक्ष पद दिनुपर्ने र बैंकिङ कारोवारमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने नियम लागू गरेको बताए । ३३ प्रतिशत महिला नभएको उपभोक्ता समिति मान्य नहुने समेत उनको वडामा नियम छ ।
हल्दिवारी–३ की अध्यक्ष रोशनी शिवाकोटी जनताको काममा व्यस्त छिन्। उनी वडाध्यक्ष पदमा निर्वाचित हुनुअगावै गाउँमा जुवातास निषेध गराउन महिलाको जुलुस निकालेर तासका अखडामा हमला गर्ने साहसी महिलाको रुपमा चिनिएकी थिइन् । सो वडामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले भने मनोरञ्जनको रुपमा तास खेल्न पाउँछन् ।
उनको वडा कार्यालयमा आउने सेवाग्राहीप्रति कर्मचारीले रुखो व्यवहार कहिल्यै गर्दैनन् । वडामा सडक, शिक्षा, महिला सशक्तीकरणमा बजेटको ठूलो अंश छुट्याएर जनताको सेवक भएर कार्य गरिरहेको बताउनु हुने उनलाई प्रक्रिया नपुर्याई नागरिकताको सिफारिश लिन आउने पुरुषले हालै भौतिक आक्रमणको प्रयास समेत गरेका थिए ।
\'म बिराउँदिन, कसैसँग डराउँदिन\', वडाध्यक्ष शिवाकोटी भन्छिन्, \'गाउँमा आएको बजेट एक पैसा यताउता नगरी विकास निर्माणमा खर्च गरिनुपर्छ भनेर लागिपर्दा म विरुद्ध अख्तियारमा दुईपटक मुद्दा दर्ता गरिएदपनि म जनताको निस्वार्थ सेवाबाट विचलित भएकी छैन ।\'
उनले ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको बताए । गाउँमा हिंसापीडित महिलाको सङ्ख्या धेरै रहेको र पीडितलाई न्याय दिलाउनका निम्ति आफू घरघरै पुग्ने गरेको शिवाकोटी बताउछन् ।
झापाका अधिकांश गाउँपालिका र नगरपालिकाले वडा तहका लागि सरदर रु एक करोड बजेट विनियोजन गरेका छन् । वडामा आएको बजेटको सही सदुपयोग गर्ने लक्ष्यमा अघि बढिरहकी महिला वडाध्यक्ष घुस, कमिसन र मदिरा राखिएका भोजभतेरमा संलग्न नहुने र हुन नदिने बताउँछन् ।
भद्रपुर–३ की वडाध्यक्ष कमला थुलुङ कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्दा पुरुष जनप्रतिनिधिले ‘कति गनगनाएको’ भनेर हेप्ने प्रयास गरेको गुनासो सुनाउँछिन् । पुरुष वडाध्यक्ष भएको वडामा भन्दा आफ्नो वडामा विकास निर्माणको लहर सिर्जना भएको उनी दाबी गर्छिन् । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: