काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको \'मेरो सरकार\' भन्ने शब्दावलीको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री ओलीले \'मेरो सरकार\' भनेको प्रति आलोचना गर्नु भनेको लोकतन्त्रको उपहास भएको समेत दाबी गरे ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शनिबार विहान विभिन्न सञ्चारमाध्यमसँग बालुवाटारमा भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीले संसदबाट निर्वाचित हुँदा नै राष्ट्रपतिले \'मेरो सरकार\' भन्ने हैसियत राखेको भन्दै यसमा विरोध गर्नुको कुनै तुक नरहेको दाबी गरे । उनले \'\'मेरो सरकार पनि नभनेर के संसद्मा निवन्ध पढ्ने हो\'\' भन्दै पत्रकारहरुसँग प्रतिप्रश्न समेत गरेका छन् । \'\'सरकारको नीति कार्यक्रमभन्दा खेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै संसदमा आउँछन् ।” ओलीले भने ।
प्रधानमन्त्रीले भने, ‘मेरो सरकार नभनेर कसको भन्ने ?’
राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा तपाईंहरूको होइन भन्या हो र ? मेरो देश, मेरो राष्ट्र, मेरो राष्ट्रिय गान भनिन्छ । मैले मात्रै गाउने, मेरो मात्रै हो र राष्ट्रिय गान ? राष्ट्रप्रमुखको हैसियतले जुन सरकार बन्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो । कसको सरकार भन्ने त राष्ट्रपतिले ?
प्रधानमन्त्री ले थप भने–भारतका राष्ट्रपतिले पनि ‘मेरो सरकार’ भन्छन्
भारतमा एउटा पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपतिले उही या अर्को पार्टीको सरकार हुँदा पनि ‘माई गभरमेन्ट’ सम्बोधन गर्छन् । भारत पनि गणतन्त्रात्मक राज्य नै हो । त्यहाँका राष्ट्रपति पनि कार्यकारी होइनन् । कोविन्दजी (भारतीय राष्ट्रपति रामनाथ कोविन्द)को संसद्मा यसअघिको नीति तथा कार्यक्रम सम्बोधन साथीहरूले युट्युबमा हेर्नुभयो भने पनि प्रस्ट हुन्छ । त्योभन्दा अघिल्लो पनि हेर्नुस्, अझै अघिल्लो, अझै अघिल्लो हेर्नुस् । धेरै राष्ट्रपति भए भारतमा । हाम्रोमा त बल्ल दुईजना राष्ट्रपति हुनुभयो । भारतमा त धेरै राष्ट्रपतिले धेरैवटा सम्बोधन गर्नुभएको छ, पार्लियामेन्टमै । अब के भारतले कमसेकम डेमोक्रेसी नै बुझेको छैन, डेमोक्रेटिक अभ्यास बुझेको छैन, त्यहाँ राजतन्त्र छ भन्ने ठान्नु, राजतन्त्रको झल्को लाग्नु ? भारतीयहरूलाई लागेन, हाम्रोमा भर्खर भर्खर राजतन्त्र गएकाले झल्को लाग्या हो ।
मेरो सरकार भन्नेकुरा अन्तराष्ट्रिय स्तरमा समेत अभ्यास भइरहेको भन्दै ओलीले केही पनि एजेण्डा नपाएका विपक्षीहरुले यसैलाई विषय बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले \'मेरो सरकार\' भन्न सक्ने दाबी पनि गरे । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पेश गर्ने क्रममा भण्डारीले पटक पटक मेरो सरकार भनेपछि सरकारको तीब्र आलोचना भएको छ ।
नेपालको संविधानले नेपाल सरकार भन्ने उल्लेख गरेको बेलामा श्री ५ को सरकार भनेर संविधानमा लेखिएको बेलामा राजाले मेरो सरकार भने जसरी राष्ट्रपतिले पनि मेरो सरकार भन्नु संविधान विपरित रहेको काँग्रेसको आरोप छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: