सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल विभाग सुर्खेत कार्यालयले मापदण्डविपरीत सञ्चालन भएको कारण देखाउँदै यहाँका दुई पिउने पानी उद्योगमा सिलबन्दी गरेपछि यो समस्या झनै चुलिएको छ ।
कार्यालयका खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिमा सिलबन्दी गरेयता जार र बोतलमा आउने पानी बजारमा अभाव हुँदै गएको हो ।
“बजारमा पानी अभाव हुँदै जाँदा बाहिरबाट आउने पानी व्यापारीले महङ्गोमा पानी बिक्री वितरण गर्ने गरेका छन्”, स्थानीयबासी दुर्गा बमले भने, “रु २० मा पाइने बोतलको पानी अहिले रु ३०/३५ मा किन्नुपरेको छ ।” शुद्ध पानीभन्दा पनि पानीमात्रै जोहो कसरी गर्ने भन्ने चिन्ता वीरेन्द्रनगरवासीमा बढ्न थालेको उनको भनाइ छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको विकासको तरिका र दिनहुँ बढ्दै गएको खडेरीले वीरेन्द्रनगरमा पानीको हाहाकार बढेको राससलाई जानकारी दिए । “खडेरीले एकातिर पानीको मूल सुक्दै जाँदा आपूर्तिमा कमी आएको छ भने अर्कोतिर यहाँ बसाइँसराइका लागि आउनेको सङ्ख्या दैनिक वृद्धि हुँदै गएकाले झनै खानेपानीको सङ्कट बढेको हो ”, अध्यक्ष देवकोटाले भने ।
झुप्रा, इत्राम, खोर्के, खरी तथा बरीखोलाका साथै बुलबुले तालबाट पानी आपूर्ति गर्दा त्यहाँ पनि पानी अपुग भएकाले खानेपानीको समस्या समधानका लागि राजधानीमा दीर्घकालीन योजना निर्माणमा स्थानीय तथा प्रदेश सरकारको चासो देखाउनुपर्नेमा उनले जोड दिए ।
संस्थाका इञ्जिनीयर बालाराम तिवारीले सामान्यतयाः प्रतिसेकेण्ड १४५ लिटर आउने पानी खडेरीका कारण ९६ लिटरमा झरेपछि यो समस्यामा आएको बताए । “वीरेन्द्रनगरमा १७ हजार धारा जडान गरिएको छ र पाँच हजार धारा जडानका लागि तयारीमा छन्”, इञ्जिनीयर तिवारीले भने, “३३ हजार घरधुरीका लागि एक वर्षअघि ती धारा जडान गरिएका थिए ।”
गत वर्षको तथ्याङ्कअनुसार वीरेन्द्रनगरमा खानेपानी उपभोग गर्ने एक लाख ८१ हजार जनसङ्ख्या रहेको जानकारी दिँदै उहाँले भन्नुभयो “यसका लागि प्रतिसेकेण्ड १७८.५ लिटर पानी आवश्यक हुन्छ तर खडेरीले ८२ लिटर प्रतिसेकेण्ड पानीे कम भएको छ भने खानेपानी उपभोग गर्ने सङ्ख्या करीब दुई लाख पुग्दैछ ।”
इन्जिनियर तिवारीका अनुसार खानेपानी उपभोक्तामा दैनिक एक करोड ५४ लाख २२ हजार ४०० लिटर पानी जानुपर्दछ तर आजभोलि दैनिक ८२ लाख ९४ हजार ४०० लिटर पानी मात्र जान्छ । यसलाई केलाउँदा ४६ प्रतिशत अर्थात् ७१ लाख २८ हजार लिटर पानी अहिले पनि वीरेन्द्रनगरमा अभाव रहेको संस्थाले जनाएको छ ।
तत्कालको समस्या समधानका लागि खानेपानी तथा सरसफाइ डिभिजन सुर्खेत कार्यालयले सुर्खेत रतु दुन्दुरे खोलाबाट प्रतिसकेण्ड २० लिटर पानी ल्याउन डिपिआर तयार गरी बोलपत्रको प्रक्रियामा रहेको र भेरीको पानी ल्याउन पनि डिपिआर तयार भइसकेको जनाएको छ ।
बढ्दो शहरीकरणले वीरेन्द्रनगरको खानेपानीमा भएको सङ्कट समाधानको एकमात्र विकल्प भेरी नदीको पानी लिफ्टिङ परियोजना जतिसक्दो छिटो निर्माण गरेर सञ्चालनमा ल्याउनु हो । यसबाट प्रतिसेकेण्ड ३८० लिटर पानी ल्याउने दीर्घकालीन योजना निर्माणका लागि रु दुई अर्ब ९२ करोड बजेट लाग्ने अनुमान गरिएको छ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: