Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भेनेजुएलामा सैन्य हस्तक्षेपबारे अमेरिकी प्रशासन विभाजित

वासिङ्टन । भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ ।

बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन् ।

बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भनी विभिन्न समाचर टिप्पणीहरु आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यहाँ अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उनका एकजना पूर्व सहयोगीले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउछन् । उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रुपमा नै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताए ।

तर उनले सैन्य कारबाहीलाई पनि नकारेनन् । यो संकटको समाधान शान्तिपूर्ण रुपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ नै तर पनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव छैन उनको भनाई छ ।

केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले भेनुजुएलाका विपक्षी नेता हुवा ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए । यो उनीहरुको अकस्मात निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो ।

त्यसयता यहाँको राजनीति झन्भन्दा झन जटिल बन्दै गएको छ । विपक्षी नेता ग्वाइदोले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताबाट हटाउनुपर्ने मा राख्दै आन्दोलन थालेका छन्।
अहिले आएर उनले हालैमात्र नेता मडुरो सत्ताबाट नहटुन्जेल शृङ्खलाबद्ध रुपमा आम हड्तालको आह्वान गरेका छन् ।

शुरुमा विपक्षी नेता ग्वाइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उनले सरकारका विरुद्धमा आमहड्ताल थालेको हो ।

उक्त सैन्य विद्रोह कार्य विफल भएपछि राजधानीमा भेला भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताएका थिए ।
यो विद्रोह यस साता थप चर्किएको छ । विपक्षीहरुले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति निकोलास मडुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन् ।

यस विषयमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन । साथै तर यसका लागि अर्थात भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूहरुले कुनै तयारी भने नथालेको उसले बताएको छ ।

यस देशमा यतिखेर यहाँका दुवै जना नेताहरु वर्तमान राष्ट्रपति मडुरो र विपक्षी नेता ग्वाइदो दुवैको आफू नै यहाँको संवैधानिक राष्ट्रपति भएको दाबी छ ।

ग्वाइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्रप्रमुखका रुपमा स्वघोषणा गरेका थिए । तर त्यसलाई सरकारले मान्यता दिएको छैन ।

त्यसपछि उनका विरुद्धमा सरकारले कारबाही थालेको छ । हाल यहाँको सरकारले उहाँको सम्पत्ति रोक्का गरेको छ र देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो ।

तर सरकारको त्यस घोषणाको उल्लङ्घन गर्न र मडुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन ग्वाइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरेका थिए ।
उनलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकैबीच गत मार्च महिनामा उनी स्वदेश फर्किएका थिए ।

ग्वाइदोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका थिए । उनले ग्वाइदोलाई असुरक्षाको महसुश हुन दिन नहुने भन्दै मदुरो प्रशासनलाई सचेत समेत गराएका थिए ।

केही वर्षयता देखि यस देशले चरम आर्थिक सङकट खेपिरहेको थियो । आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक सङ्कट पनि थपिएको छ ।

ग्वाइदोको आफै अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन् ।

त्यसैगरी उता वर्तमान राष्ट्रपति मडुरोलाई पनि रुस र चीनको समर्थन छ । त्यसैगरी उनलार्ई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीहरुको पनि समर्थन रही आएको छ ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending