Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रदेश-१ को प्रदेशसभा स्थगित, नाम र राजधानीको विषयमा नेकपा भित्रै विभाजित

विराटनगर। प्रदेश–१को प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

आज प्रदेशसभामा प्रस्ताव लगेर बैशाख २२ गतेभित्र प्रदेश–१ को नाम र राजधानीको टुंगो लगाउने प्रदेश सरकारको तयारी थियो।

प्रदेश–१को स्थायी राजधानी र नामाकरणको प्रस्ताव दर्ता गर्ने आज अन्तिम म्याद छ। तर,अहलिेसम्म संसद सचिवालयमा कुनै पनि प्रस्ताव दर्ता भएको छैन।

संसद बैठक नै स्थगित भएपछि प्रदेशको नाम र स्थायी राजधानीको विषय अन्योलमा परेको छ। त्यसका लागि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका अन्य दलहरु आन्तरिक छलफलमै व्यस्त रहेका छन् तर निस्कर्ष भने निस्कन सकेको छैन।

प्रदेश–१ संसदमा ५ दलको प्रतिनिधित्व छ। सत्तारुढ नेकपाले बिहान ११ बजेका लागि बोलाएको संसदीय दलको बैठक ५ दलहरुबीचको सर्वदलीय बैठकका कारण बस्न सकेको छैन। कांग्रेस संसदीय दलको बैठक पनि बस्न सकिरहेको छैन।

नाम र राजधानीका विषयमा नेकपाका सांसद नै विभाजित छन्। बहुमत सांसद विराटनगर बाहिर स्थायी राजधानी हुनुपर्ने र कोसी किराँत नाम राखिनु पर्ने अडानमा छन्। ।

छलफलका क्रममा तत्कालिन कोसी तथा सगरमाथा अञ्चलका सांसद तथा नेतासँग प्रदेश इन्चार्ज भीम आचार्य, सह इन्चार्ज सावित्रीकुमारी काफ्ले, मुख्यमन्त्री शेरधन राई लगायत मन्त्रीहरुबीच छलफल भएको छ। केही बेरमै मेची र अन्य अञ्चलका सांसद तथा नेताहरुसँग छलफल हुने एक नेताले जानकारी दिए।

नेकपाभित्र नै नाम र राजधानीको विषयमा मतान्तर हुँदा यसले अन्तिम टुङगो पाउन नसकेको ती नेताले बताए। बुधबार बेलुकासम्म नेकपाको बैठकमा प्रदेशको नाम कोसी किरात, सगरमाथा, लिम्बुवान त्यसैगरि, राजधानीको सन्र्दभमा विराटनगर, इटहरी, धरान, धनकुटा, गोठगाँउबीच छलफल भएको नेताहरुले बताएका छन्।

अर्कोतर्फ प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सूयर्माराज राईले मुख्यमन्त्री शेरधन राईद्वारा नाम र राजधानीका विषयमा सहमति जुटाउन दुई दिनको समय माग भएको जानकारी दिए। यसक्रममा प्रतिपक्षी दलसहित अन्य दलसँग छलफल हुने उनले बताए। सांसद राईका अनुसार हालसम्म प्रदेश र राजधानीको नाम दर्ता हुन नसकेको हुनाले समय थप भएको हो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending