Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

घरमा खाना पकाउने महिला, तर खाने पालो किन अन्तिममा ? यसो भन्छन् विज्ञ

तपाईँको घर वा छिमेकमा परिवारका अन्य सदस्यले खाना खाइसकेपछि अन्तिममा मात्र बुहारीले खाने चलन छरु

कैयौँ घर परिवारमा त्यस्तो परम्परा जीवित पाइन्छ।

तर विज्ञहरू भन्छन्, त्यसको असर बुहारीको शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ।

गर्भवती महिलाले त्यो चलन पछ्याउने हो भने त गर्भको बच्चालाई समेत असर पर्ने उनीहरु बताउँछन्।

अनुभव

पछिल्लो समय सहरमा बसेका एकल परिवार र कामकाजी महिलाका हकमा भने यो चलन लचिलो बन्दै गएको देखिन्छ।

जुम्लाकी पद्मकन्या तिमल्सिना समाजमा अझै पनि जीवत परम्पराकी एक साक्षी हुन्।
घरमा सधैँजसो आफूले खाना पकाउने अनि अरूलाई खुवाएर अन्त्यमा मात्र आफ्नो पालो आउने, धेरै पटक आफ्नो पालो आउँदासम्म खाना नै सकिएको अनुभव संगालेकी छन् तिमिल्सिना।

उनी भन्छिन्, खाना पहिले खायो भने बुहारीको यो बानी राम्राे होइन भन्थे। खाना सकियो भने खाना पकाउन अल्छी लाग्छ अनि त्यत्तिकै ओछ्यानमा सुत्छु, पेटमा हात राख्यो सुत्यो।

विभेद

समाजमा अझै पनि प्रायस् बुहारीले खाना पकाउने, पस्किने र परिवारका सबै सदस्यलाई खुवाएपछि मात्र खाने चलन छ।

काठमाण्डूस्थित पद्मकन्या क्याम्पसकी लैङ्गिक अध्ययन विषयकी प्राध्यापक बिन्दु पोखरेलको विचारमा त्यो महिलामाथि हुने एक प्रकारको विभेद हो।

त्यस्तो चलनले समाजमा महिला र पुरुषको स्थानमा रहेको विभेद छर्लङ पारेको बताउँदै उनी भन्छिन्, यसले छोरालाई प्राथमिकता दिएको प्रस्ट देखिन्छ। बुहारी भनेको बाहिरबाट आएकी हुन् भन्ने बुझाइले नै यो चलन आएको हो। परिवारमा जसको शक्ति र महत्त्व धेरै हुन्छ, त्यसैले हो पहिला खान पाउने।

स्वास्थ्यमा असर

विशेषगरी कम आम्दानी हुने र बचेको खाना पुनर्प्रयोग गर्न मिल्नेगरी राख्ने आधुनिक उपकरण नहुने अथवा बासी खाना नखाने घरमा सकेसम्म नफ्याँकियोस् भनेर अड्कलेर पकाइन्छ।

प्राध्यापक पोखरेलका अनुसार मीठो मसिनो पाकेको दिन परिवारका सदस्यले अघि पछि भन्दा धेरै खाइदिँदा अन्तिममा खानेलाई अपुग हुने गरेको कैयौँ महिलाहले भोगेको पाइन्छ, उनीहरुले घरभित्रका कुरा इज्जतुका निम्ति बाहिर नल्याएका मात्र हुन्।

पोषणविद् डा। अरुणा उप्रेतीका अनुसार त्यसले महिलाको स्वास्थ्यमा निकै असर पारेको छ।

उनी भन्छिन्, आज, भोलि र पर्सि गर्दै लगातार खाना कम भयो भने यसले पोषणको समस्या त ल्याउँछ। साथै समयमै खाना नपाउँदा पेटमा घाउ (अल्सर) हुन सक्छ। यसको सबैभन्दा ठूलो समस्या गर्भवती महिलामा देखिन्छ, यसले आमा र गर्भमा रहेका दुवैलाई प्रभावित पार्छ।

काममा प्रभाव

संयुक्त राष्ट्रसङ्घका अनुसार गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्याको करिब ७० प्रतिशत महिला छन्।

दक्षिण एसियाका करिब ६० प्रतिशत महिलाको तौल हुनुपर्ने भन्दा कम छ। यसले गरिबी र पोषणको अन्तर प्रस्ट पारेको जानकारहरू बताउँछन्।

हेर्दा सामान्य लागे पनि पाकेको खाना पहिला खान पाउने वा पछि खानुपर्ने चलनले कतिपयको मानसिक स्वास्थ्यमा समेत प्रभाव पारेको देखिएको डा। उप्रेतीको भनाइ छ।

भोक लागेको छ, खाना पनि छ, तर सबैले नखाइ मैले खान पाउँदिनँ भन्ने सोचका कारण महिलाहरूमा हीनताको भवना उत्पन्न हुन्छ र आत्मविश्वास घट्न थाल्छ, डा। उप्रेती भन्छिन्, त्यसले महिलाको मानसिक स्वास्थमा प्रभाव पार्छ र हीनताबोधले गर्दा उनले पछि गएर क्षमता भएको काम पनि गरेर देखाउन सक्दिनन्।

समाधानमा उपाय

दिनभरि काम गरेर प्रायः चिसो खाना खाने र कतिपय अवस्थामा त पेटभरि पनि खान नपाउने चलनमा पछिल्लो समय केही सकारात्मक परिवर्तन आएको प्राध्यापक पोखरेल बताउँछिन्।

उनी भन्छिन्, कमाउन जाने बुहारीको हकमा यो चलन अलि खुकुलो भएको देखिन्छ। उनीहरू पहिला खाएर काममा जान पाएको देखिन्छ। यस्तै एकल परिवारमा सबैजना सँगै बसेर खान थालेका छन्।

गाँस अर्थात् खाना मानिसको आधारभूत आवश्यकता हो। तर महिलामाथि हुने विभेदका कारण कतिपयले परिवारका सबै सदस्यसँगै बसेर आत्मसम्मानका साथै खान पाएका छैनन्।

जसका कारण उनीहरूमाथि नजाँनिदो किसिमले हिंसा भएको महिला अधिकारकर्मीहरु बताउँछन्।

यसको अन्त्यका निम्ति सरकारी र गैरसरकारी क्षेत्रबाट चेतानमूलक हस्तक्षेपकारी नीति ल्याउन जरुरी रहेको उनीहरूको भनाइ छ। /बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending