काबुल। अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गा (विशेष परिषद) को बैठकको शुभारम्भ गरेका छन् । बैठकमा तालिबान समूहसँग भइरहेको वार्तामा साझा धारणा बनाई सहमति जुटाउने प्रयास गरिने छ ।
तर अमेरिकी इशारामा गठित वर्तमान अफगान सरकारभित्र यस बैठकका कारण थप सङ्कट उत्पन्न हुन सक्ने जानकारहरुको भनाई छ ।
राष्ट्रपति घानीले चार दिने यस बैठकमा अफगानीबीच एकता रहेको देखाउने प्रयास गर्नुहुनेछ । यो परिषद बैठकमा अफगानिस्तानका राजनीतिक व्यक्तित्वहरु, आदिवासी नेताहरु, विशिष्ट व्यक्तित्वहरु समेतको सहभागिता छ ।
सन् २०१४ को राष्ट्रपति निर्वाचनमा पराजित तर प्रमुख कार्यकारी पदमा रहनुभएका अब्दुल्लाह अब्दुल्लाहले परिषद बैठकप्रति खासै चासो दिएका छैनन् । उनका कैयौं समर्थकले परिषद बैठक समेत बहिस्कार गरेको बताइएको छ ।
परिषद बैठकमा उपस्थित पूर्व राष्ट्रपति हमिद कार्जाइले परिषद बैठक अहिले आयोजना गर्दा शान्ति प्रक्रियामा ढिलाई हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “हामी यहाँ तालिवानसँगको शान्ति वार्ताको संरचनाका बारेमा छलफल गर्न भेला भएका छौं र दिगो शान्तिमा पुग्नु हामी सबैका लागि अति आवश्यक छ ।”
अफगानिस्तानको संविधान देखाउँदै राष्ट्रपति घानीले अफगानिस्तानको संविधान इस्लामिक कानुनझैं प्रगतिशील रहेको दाबी गरे । तर तालिबान समूहले वर्तमान संविधानप्रति कुनै ठोस समर्थन जनाइसकेका छैनन् ।
घानीले परिषदको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी ओसामा बिन लादेनसँग सम्बन्ध रहेका पूर्व लडाकू अब्दुल रसूल सयाफलाई दिएका छन् । रसूलले सन् १९९० को दशकमा तत्कालीन बामपन्थी सरकार ढलेसँगै काबुल नियन्त्रण गरेका थिए । रसूल रुढीबादी स्वभावका र महिलासँगको भेटघाट नरुचाउने व्यक्ति हुन् ।
अफगानिस्तानको संविधान निर्माणका सन्दर्भमा सन् २००२ मा बसेको लोया जिर्गाको बैठकमा इस्लाम विरोधी कुराहरु संविधानमा राख्न नदिने उनै रसूल थिए ।
तालिबानसँगको वार्तामा अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय आतङ्कवादको केन्द्र हुन नदिने सुनिश्चितता तालिबानबाट प्राप्त हुनुपर्नेमा जोड दिइरहेका छन्। यसको बदलामा खलिलजादले अमेरिकी सेना अफगानिस्तानबाट पूरै फिर्ता हुने आश्वासन दिएका छन् ।
तालिबान समूहले भने काबुल सरकारका प्रतिनिधिसँग सोझै भेटवार्ता गर्न अस्वीकार गरेका छन् ।एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: