दुल्लु।सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् ।
सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई सय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थाले ।
‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न सङ्कटको पीडा त्यतिकै छ, सरकारले दिने महीनाको दुई हजार रुपैयाँले महीनाभरी प्राण धान्न मुस्किल हुन्छ”, उनले भने, “सरकार हामीलाई पाल र खाद्यान्न देऊ ।”
‘बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उनले भने । मुखिया शाहीले प्रतिनीधिसभा सदस्य डा सङ्ग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गरे ।
काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनीधिसभा सदस्य डा सङ्ग्रौलाले भने, “मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुङ्गे युगमा छन् ।”
लोपोन्मुख जातिको रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।
‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उनले भने, “यो समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन् ।” सांसद डा सङ्ग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस् कदम चाल्न सरकारलाई आग्र्रह गरे ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने बताउँदै डा सङ्ग्रौलाले उनीहरुलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्छ भने । राउटे समुदायमा सामाजिक घुलमिलनको अभियान चलाउनुपर्नेमा जोड दिदैं उनले यस समुदायका कला संस्कृतिलाई बचाइराख्नुपर्ने बताए ।
राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा एक सय ४६ जनाको सङ्ख्यामा रहेको राउटेले यसअघि जङ्गलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जङ्गली जनाबर नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् ।
राउटेलाई भत्ता
राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोवास गर्दै आएका राउटेलाई चैत महीनाको भत्ता वितरण गरिएको हो । स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । समुदायका एक सय ४६ जनालाई भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरेसँगै गुराँस गाउँपालिका दैलेखले मासिक रुपमा भत्ता उपलब्ध गराउँदै आएको छ । राउटे समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा गुराँस गाउँपालिका र सोसेक दैलेखमार्फत राउटे परियोजना सञ्चालित छ । उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाका लागि तीनजना कर्मचारी समेत सो समुदायमा खटिएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले बताए ।
तीन जना कर्मचारीमध्ये एकजना अहेबले उनीहरुको स्वास्थ्यको हेरचाह गरेका छन् भने अन्य दुई जनाको जोडी शिक्षकले उनीहरुलाई आनीबानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा सञ्चालन गर्न शुरु गरेको अध्यक्ष थापाले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: