Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

अभिनेता तथा सामाजिक सेवक किरणले बनाए राता मकै गेट

काठमाडौं । अभिनेता किरण केसीले दर्शकमार्फत पाएको उपनाम राता मकैको नाममा प्रवेशद्वार निर्माण गरेका छन्। कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको रात मकै गेटको आइतबार ललितपुरको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - ‘आफ्नो ठाउँ आफै बनाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘किरणजीको विकास निर्माणको पाटोको सिको अन्य कलाकारले पनि गरे झनै राम्रो।’ यसैगरी उद्घाटनमा पुगेका मदनकृष्ण श्रेष्ठले पनि किरणको कामको प्रशंसा गरे। ‘किरण निकै फुर्तिलो छ’, उनले भने, ‘हरेक काम समयमा सकाउँछ। उसको एक्टिभनेस देख्दा म आश्चर्यचकित हुने गरेको छु।’ हरिवंश आचार्यले पनि किरणले स्थानीय तहमा गरेको समाजसेवा उदाहरणीय रहेको बताए।

किरणले त्यहाँ मन्दिर, सडक, किरियापुत्री भवन, आमाबुवाको नाममा महेन्द्र आदर्श स्कुलको दुई भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन्। उनले प्रहरी भवन आफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए। झन्डै १२ वर्ष अगाडि नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफूलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताए। उनले ६ लाखको लागतमा बुवा दुर्गाबहादुर केसी र आम इन्द्रकुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE