बाँके । वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर फुसको छाना भएको घर हटाइने भएको छ । छ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो ।बाँके क्षेत्र नं १ का सङ्घीय सांंसद महेश्वरजङ्ग गहतराज अथकको अध्यक्षतामा हालै सम्पन्न सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउँपालिकामा ३०० वटा टिनले छाएको घर बनाउने निर्णय गरेको हो ।
पाँच नं प्रदेशकै पिछडिएको गाउँपालिकामा सूचीकृत उक्त गाउँपालिकाको प्रत्येक वडामा ५० वटाका दरले छ वटा वडामा ३०० बनाउनका लागि प्रत्येक वडाले यसै हप्ताभित्र १० दिने सूचना जारी गरी निवेदन माग गर्ने र मापदण्डअनुसार ३०० घर छनोट गरी कार्यक्रम अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । सङ्घीय सांसद गहतराज संयोजक रहेको उक्त समितिमा जिल्ला समन्वय समितिको सभापतिमा अजय श्रीवास्तव तथा सदस्यहरूमा गाउँपालिका अध्यक्ष अध्यक्ष साह र सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख अथवा आयोजा प्रमुख रहेका छन् ।
सदरमुकाम नेपालगञ्जदेखि करीब ४० किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको उक्त गाउँपालिकामा अधिकांश घर फुसले छाएका छन् । फुसको छाना भएका बस्तीमा एक घरमा आगो सल्किदा गाउँनै ध्वस्त हुने समस्या रहेकाले फुसको छानो हटाउने अभियानमा लागेको सांसद गहतराजले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: