Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दीर्घरोगीको अन्तिम गन्तव्य बन्दै तातोपानी कुण्ड, ग्याष्ट्रिकदेखि प्यारालाइसिससम्म निको हुने

गलेश्वर। प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ ।

तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०/१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा अस्पतालमा पुगेर उपचार गर्दा समेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका बिरामीले बताएका छन् ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् ।

देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन् । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६२ वर्षीय प्रेमबहादुर घर्तीले आफू १५ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताउनुभयो । उहाँले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताउनुभएको छ । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उहाँको भनाइ छ ।

यसैगरी गुल्मीको थर्पुकोट–१ का विष्णु कर्केले पनि विदेशमा रहँदा छालामा समस्या देखिएर औषधि सेवन गर्दा पनि रोग निको नभएको हुँदा तातोपानी कुण्डमा आएर डुबेपछि धेरै ठिक भएको अनुभव सुनाउनुभयो । औषधि उपचारमा मात्रै करीब डेढलाख खर्च गरिसक्नुभएका कर्केले हालसम्म तेस्रोपटक तातोपानी कुण्डमा आएको जानकारी गराउँदै रोग निको हुँदै गएको बताउनुभयो । उहाँले हातका औँला र पैतालामा समस्या आएपछि उपचारकै लागि दुई महीनाको अवधिमा तीन पटक कुण्डमा आएको अनुभव सुनाउनुभयो ।

त्यस्तै से–फोक्सुण्डो गाउँपालिका–८ रिक्म डोल्पाकी मिक्मा केसीको परिवार पनि तातोपानी कुण्ड स्नान गर्न आएको १० वर्ष पुग्यो । उहाँ र श्रीमान्को पनि घुँडा दुख्ने समस्याले गर्दा वर्षमा कम्तीमा पनि एकपटक तातोपानी कुण्ड डुब्न आउने गरेको बताउनुभयो । उहाँले बेलाबेलामा घुँडा दुखेर दुःख दिने गरेपछि डुब्न आएको भन्नुहुँदै कम्तीमा पनि एक हप्तासम्म डुब्ने गरेको उहाँले जानकारी दिनुभयो । तातोपानी कुण्डमा डुब्दा पैसा पनि थोरै लाग्ने र औषधि उपचार तथा चिकित्सककोमा जानुभन्दा प्राकृतिक उपचार खोज्दै आएको उहाँको भनाइ छ । घुँडा दुख्ने, ढाडको समस्या र ग्यास्ट्रिक भएकाले त्यसलाई निको बनाउन आफूहरु तातोपानी आउने गरेको उहाँ बताउनुहुन्छ ।

प्रेम, विष्णु र मिक्मा त केबल प्रतिनिधि पात्र मात्रै हुन् । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका छन् । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमीनमुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहिआएको छ ।

तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् । बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिपलगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा रु ७० र ट्याक्सीमा १५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ । तातोपानीबजारमा पुगिसकेपछि त्यहाँ होटल तथा कोठा भाडामा लिएर बस्न पाइन्छ । होटलको राम्रो प्रबन्ध पनि छ । त्यसैगरी आफँै पकाएर खानेलाई कोठासँगै ग्यास चुल्हो पनि घरधनीले दिने गर्छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending