Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

मकवानपुरमा सवारी दुर्घटना, एक सय ३३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ ।

यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना भएको बताइएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ । मकवानपुरमा गत एक वर्षको अवधिमा साना ठूला गरी १३३ सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी चालकमा धैर्यको कमी भएका कारण सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको बताएको छ । चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रत्येक महीना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै सवारीसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गरिरहेको जनाएको छ तर पनि सवारी दुर्घटनाको न्यूनीकरणमा सन्तोषनक सफलता पाउन कठिनाइ रहेको छ ।

मकवानपुरका पक्की सडकमा ७६ र कच्ची सडकमा १५ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रदेश नं ३ को राजधानीसमेत भएकाले यहाँको सवारी चाप पछिल्लो समय बढ्दो रुपमा रहेको छ । दशकौँ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्गलगायत केन्द्रीय राजधानी काठमाडौँलाई जोड्ने छोटो दूरीका सडक सञ्जालले हेटौँडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौँ सवारी आवतजावत गर्ने गरेका छन् । यस्ता सवारी चापको चुनौतीलाई करीब ३० जनाको ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

मकवानपुरमा करीब २७ हजार सवारी साधन दैनिक गुड्ने अनुमान गरिएको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा रहेको जनशक्तिलाई आधार मान्ने हो भने एउटा ट्राफिक प्रहरीले करीब ९०० सवारी साधनलाई निगरानी गर्नुपर्ने भएको छ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको आँखा छलेर सवारी नियम मिच्ने सवारीलाई कारवाही गर्न जनशक्ति नै अपुग रहेको सहजै अनुमान गर्न सकिन्छ ।

मकवानपुर प्रदेश नं ३ को राजधानी भएका कारण दैनिकजसो विशिष्ट, अति विशिष्ट व्यक्तिको बाक्लो उपस्थिति हुने भएकाले अन्य सवारीको अतिरिक्त उनीहरुका लागि सवारी व्यवस्थापन गर्नुपर्ने चुनौती पनि ट्राफिक प्रहरीलाई नै रहेको छ । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies