Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

यसरी मिल्यो गण्डकी प्रदेशमा नेकपा नेतृत्वको भागबंडा

बागलुङ। जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो ।

यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) लाई पाँच÷पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ ।

गलकोट नगरपालिका, ताराखोला, बरेङ, निसीखोला र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्वमाओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने नीतिगत समझदारी बनेको थियो ।

बागलुङ नगरपालिकाको अध्यक्षमा धनबहादुर परियार, सचिवमा इन्द्र केसी, जैमनी नगरपालिकाको अध्यक्षमा इन्द्र थापा, सचिवमा झमन पाण्डे, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा डम्बर श्रीस चुनिएका छन् । यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन र सचिवमा भीम गौतमको टुङ्गो लागेको छ ।

काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, सचिवमा कृष्ण थापा, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा, सचिवमा प्रेम पौडेल, ताराखोला गाउँपालिकाको अध्यक्षमा पदम खत्री ‘दिवस’ र सचिवमा धनबहादुर बुढा चयन भएका छन् ।

यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा गुणनिधि घिमिरे, सचिवमा वसन्त थापा, तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्र छन्त्याल, सचिवमा लीलबहादुर पुन, निसीखोला गाउँपालिकाको अध्यक्षमा कुवीर विक र सचिवमा रुद्र पौडेल चुनिएका हुन् ।

गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकले स्थानीय तहको नेतृत्व टुङ्गाएको जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले बताए। पार्टीको जिल्ला संयन्त्रले स्थानीय तहमा सर्वसम्मत नेतृत्व छनोट गरी अनुमोदनका लागि प्रदेश समितिलाई सिफारिश गरेको थियो ।

सोमबार मात्रै पार्टी केन्द्रले जिल्ला समितिको नेतृत्व टुङ्गो लगाएको थियो । जिल्ला अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गेरै ‘अनिल’ चुनिएका छन् । सापकोटा पूर्वएमालेबाट र गैरै पूर्वमाओवादी केन्द्रबाट छन् । जिल्लाका ८५ वटै वडामा पनि एकता प्रक्रिया टुङ्गिएको नेकपा बागलुङले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: