Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपाली सेनाले छोड्यो १८ वर्षपछि कोल्टी

बाजुरा । नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो ।

ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमीन दिन माग गरेको थियो ।

सेनाको गुल्म गएको तीन वर्षदेखि कोल्टी गाउँको जिउलामा रहेको सामुदायिक विद्यालयमा बस्दै आएको थियो । स्थानीय राजनीतिक दलदेखि अन्य निकायसँग निरन्तरताको पहल गरिए पनि असफल भएको दाबी सेनाको छ । सेनाको टोली कोल्टीबाट सोमबार अछाम फिर्ता भएको हो ।

ब्यारेक कोल्टीमै राख्न सामाजिक सञ्जालदेखि अन्य क्षेत्रबाट दबाब भए पनि राजनीतिक दल, नगरपालिका र स्थानीय अगुवाले बेवास्ता गर्दा फिर्ता गएको नागरिक अगुवा लक्ष्मण जोशीले बताए ।

कोल्टीमा रहेको भवानी बक्स गुल्म अछामको गणमा गएको हो । भवानी बक्स गण अछामका प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब गुल्म राख्नुपर्ने आवश्यक नरहेकाले अछाम फिर्ता बोलाइएको बताए ।

पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नबस्न भनेपछि वैकल्पिक व्यवस्था नहुँदासम्म तीन वर्षदेखि बूढिनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो ।

लामो समयदेखि विद्यालयको भवनमा बस्न नसक्ने अवस्था आएपछि सेनाको मुख्यालयले फिर्ता बोलाएको भवानी बक्स गुल्म कोल्टीका सेनानी हरिरामकुमार श्रेष्ठले जानकारी बताए । सेना कोल्टीमा २०७१ सालदेखि बस्दै आएको थियो ।

शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनका सेनाले खेल्ने भूमिका उच्च रहने हुँदा जिल्लामा रहनुपर्ने दबाब स्थानीयवासीको थियो । कोल्टी क्षेत्रका चारवटा स्थानीय तहलाई लक्षित गरेर सेना आवश्यक हुने दाबी स्थानीयवासीको छ । जिल्लामा विमानस्थल पनि भएकाले उच्चपदस्थ पदाधिकारीहरुको सुरक्षा सहजताका लागि समेत सेना राख्नुपर्ने उनीहरुको भनाइ छ ।

यता बूढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले भने जग्गाको समस्याले नभई सेनाले नै बस्न नचाहेको बताए। उनले रक्षा मन्त्रालयलाई समेत जग्गा उपलब्ध गराएर सेनालाई यथावत गर्न आग्रह गरिएपनि गुल्म नबसेको हो भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies