चितवन। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताएका छन् ।
जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उनले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताए । तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य सर्त भएको भन्दै उनले समाजवादोन्मुख राज्यको परिकल्पना गरिएको बताए । उनले बताए, “हामी सबै प्रमुख राजनीतिक दल र नेताले राष्ट्रिय सहमतिका साथ एउटा सङ्कल्प गरेका छौँ, हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ नेपाललाई लिएर जाने छौँ ।” संविधानले नै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उनले बताए ।
संविधानअनुसार नै आवश्यक नियम ऐन बन्ने प्रक्रिया अगाडि बढिरहेको उनले बताए । दाहालले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनमा नै रहेको भन्दै सहकारी अभियानको संस्थापक जिल्ला भएको पनि बताए । देशमा विकास निर्माणका थुप्रै रेकड राख्ने काम हुँदै गएकोमा धेरै चितवनमा हुने भन्दै त्यसको पनि केन्द्र भरतपुर महानगर रहने बताए । सो पम्प दर्ताको प्रक्रियामा आफूले समेत सहयोग गरेको दाहालको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष टीकाराम भट्टराईले जिल्लाका २९४ सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्मको लगानीमा पम्प शुरु गरिएको बताउनुभयो । सोही अवसरमा सङ्घले निर्माण गरेको पम्प निर्माण उपसमितिका संयोजक भक्तिराम अधिकारीले अन्य पम्पको भन्दा प्रतिलिटर २५ पैसा सस्तोमा तेल बिक्री गरिने बताए ।
भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । पम्प निर्माणका लागि रु चार करोड ६६ लाख ३७ हजार खर्च भएको अधिकारीले बताए । अत्याधुनिक प्रविधिबाट नमूना पम्प निर्माण गरेको बताउँदै उहाँले पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताउनुभयो । एकै पटकमा आठ वटा गाडीमा तेल हाल्ने व्यवस्था मिलाइएको छ ।
एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छा घर, ग्रोसरी, ज्याक वास, हावा भर्ने ठाउँलगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ वटा सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताए । एक वर्ष अघि निर्माण थालिएकोमा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प सञ्चालनमा आएको हो । चौबीसै घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ ।
सङ्घले सोही ठाउँमा बहुउद्देश्यीय भवन र फूलबारीमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने योजना बनाएको सङ्घका उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: