Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

इमरान हसमीसँग काम गर्ने यी १० नायिकालाई कसैले पत्याएनन्

\"1-1434103303\"१. सयाली भगतः सन् २००७ मा इमरान हसमीको फिल्म द ट्रेनबाट बलिउडमा डेब्यु गर्ने नायिका सयाली भगत पहिलो फिल्मका कारण चर्चामा रहन त सफल भइन् तर फिल्ममा हट सिन र इमरानसँग किस सिन दिएपछि पनि बलिउडमा उनलाई कसैले पत्याएनन् । सायालीले आफ्नो फिल्मी करियरमा फिल्महरु त खेलिन् तर उनको फिल्मले बक्स अफिसमा त्यति राम्रो गर्न सकेनन् र अन्ततः उनी बलिउडबाट लगभग गायब भएकी छिन् । \"2-1434103331\"२. गीता बसराः सन् २००६ मा गीताल पनि इमरान हाशमीको फिल्म दिल दिया हे बाट बलिउडमा इन्ट्रि मारिन् । इमरान सँगै सन् २००७ मा अर्को फिल्म द ट्रेनमा अभिनय गरेपछि उनी बलिउडबाट लगभग ७ वर्षको लागि गायब भइन् । पछि सन् २०१४ मा जिला गजियाबादमा उनी साइड रोलमा देखिइन् । यद्यपी भारतीय क्रिकेटर हरभजन सिंहसँगको सम्बन्धका कारण उनी कहिले काँही लाइमलाइटमा आउने गर्दछिन् । \"3-1434103374\"३. तनु श्री दत्ताः सन् २००५ मा इमरान हसमीको फिल्म आशिक बनाया आपनेबाट डेब्यु गर्ने नायिका तनु श्री दत्ताको पहिलो फिल्म त हिट भयो तर एकपछि अर्को फ्लप फिल्मका कारण तनु बलिउडमा टिक्न सकिनन् । पहिलो फिल्ममा इमरान सँग बोल्ड सिन दिएको फाइदा तनुले पाउन सकिनन् । उल्टै इमरानको किस तनुलाई भारी भयो जसका कारण उनी बलिउडबाट पलायन नै हुनुपर्यो । \"4-1434103407\"४. इशा गुप्ताः इमरान हाशमीको फिल्म जन्नत २ बाट बलिउडमा डेब्यु गर्ने मिस इन्डिया (२००७) इशा गुप्ताको करियर अरु नायिकाको जस्तै धराशायी बन्यो । इमरान हाशमीको फिल्म राज ३डी ले पनि बक्स अफिसमा केही राम्रो गर्न सकेन । इशाले बलिउडमा सानोतिनो रोल त पाइन् तर लीड एक्ट्रेसको रुपमा इशाले आफ्नो पहिचान बनाउन सकिनन् । \"5-1434103451\"५. सोनल चौहानः मिस इन्डिया (२००५) सोनल चौहानले सन् २००८ मा इमरान हाशमीको फिल्म जन्नत बाट बलिउडमा इन्ट्रि गरिन् । फिल्म बक्स अफिसमा हिट भयो त फिल्म हिट हुनुको फाइदा केवल इमरानलाई मात्र भयो किनभने सोनलले यो फिल्म पछि कुनै पनि फिल्मको लागि अफर पाइनन् । अझ भनौं उनलाई कसैले पत्याएनन् । \"6-1434103487\"६. उदिता गोस्वामीः सन् २००५ मा इमरान हाशमीको फिल्म जहर, अक्सर, दिल दिया हे जस्तो फिल्ममा इमरानकी नायिका बनेकी उदिता गोस्वामी पनि बलिउडमा त्यति टिक्न सकिनन् । यद्यपी फिल्ममा काम गर्दागर्दै उनले निर्देशक मोहत सूरीलाई भने पाइन् । आफूले अभिनय गरेका फिल्म फ्लप भएपछि उनले सन् २०१३ मा मोहत सूरीसँग विवाह गरिन् । मोहत र इमरान आफन्त हुन् । \"7-1434103516\"७. समिता सेट्ठीः सन् २००५ मा समिता इमरान हाशमीको फिल्म जहरमा देखिएकी थिइन् । फिल्ममा ड्रामा, थ्रिलर, रोमान्स र हट सिन हुँदा पनि समिताले फिल्म हिट हुनुको श्रेय पाइनन् । \"8-1434103550\"८. अमायरा दस्तुरः अमायरा दस्तुर इमरान हाशमीको फिल्म दस्तुरमा देखिइन् । यद्यपी यो अमायराको पहिलो फिल्म थिएन तर यो फिल्मले बक्स अफिसमा त्यति राम्रो गर्न सकेन । दुबैले दर्शकलाई केही प्रभावित तुल्याउन सकेनन् । \"9-1434103583\"९. नेहा शर्माः सन् २०१० मा इमरान हाशमीको फिल्म क्रुकबाट बलिउडमा डेब्यु गर्ने नायिका नेहा शर्मा पनि त्यहि नायिकाहरुको कोटीमा पर्छिन् जसका लागि इमरानको साथ त्यति फापेन । बलिउडमा केही राम्रा फिल्महरुमा देखिएकी नेहाले फिल्ममा काम त पाइरहेकी छिन् तर लीड नायिकाको रुपमा उनले आफ्नो छवी बनाउन सकिनन् । नेहाको हेराफेरी ३ चाँडै नै बजारमा आउँदैछ । \"10-1434103608\"१०. श्रेया सरनः साउथकी निकै चर्चित नायिका श्रेया सरनको पहिलो बलिउड फिल्म आवारापन इमरान हाशमीसँग थियो । फिल्म हिट भयो तर उनी दोस्रोपटक सिल्भर स्क्रिनमा भने देखिइनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies