खलङ्गा। जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ ।
जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो । यसका लागि गाउँपालिकाले रु दुई करोड लगानी गरेको हो ।
गाउँपालिकाले यहाँका तीन हजार ३२० घरधुरीको नाममा सो आयोजनाको शेयर लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिए।
उनका अनुसार सो रकम बराबरले विद्युत्मा काम गर्नेछन् र काम गरेका जनताको नाममा शेयर लगानी हुनेछ । यसैगरी सो गाउँपालिकाका एक हजार १०० स्थानीयवासीले व्यक्तिगत रुपमा रु ९० लाख शेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले जानकारी दिए ।
यसका साथै रु एक करोड गाउँपालिकाले आफ्नो नाममा शेयर लगानी थपेको छ । यसको साथै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि लगानी गर्ने भएपछि सो जलविद्युत् आयोजना बन्ने पक्का भएको छ । अध्यक्ष रावतका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान रु १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको छ ।
यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला योजना मन्त्रालयबाट रु एक करोड रकम विनियोजन भएको पनि उनले जानकारी दिए । यसैगरी विभिन्न निकायको सहयोग तथा स्थानीयको शेयर लगानीसमेत भएपछि अब करीब एक मेघावाट बत्ती जुम्लामा दुई वर्षमा उत्पादन हुने पक्का भएको छ ।
विसं २०६९ वैशाख महीनामा उद्घाटन गरिएको सो जलविद्युत् आयोजना रकम अभावका कारण रोकिएको थियो । लगानी जुटेपछि अहिले टेण्डर प्रक्रिया अगाडि बढी सकेको छ । यसका साथै विद्युत्मा जनताले गरेको शेयर लगानी आम्दानीको ५० प्रतिशत जनतालाई मुनाफा वितरण गरिने लक्ष्य रहेको अध्यक्ष बुढाले बताए ।
उनका अनुसार आयोजना निर्माणका लागि एशियाली विकास बैंक (एडिबी)ले रु तीन करोड ऋण उपलब्ध गराउने भएको छ । आफ्नै खोलानालाबाट निकालिएको बिजुली नै आम्दानीको स्रोत भएकाले धेरै प्रयासपछि चुकेनीको लगानी जुटेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।
चालिस वर्षअघि जुम्लाको सदरमुकाम खलङ्गाको साना जलविद्युत् आयोजनाबाट उत्पादित २२० किलोवाट विद्युत्बाट अहिले बजारको माग धान्न सकेको छैन् । चुकेनी जलविद्युत् आयोजना निर्माण भएमा पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने चुकेनी विद्युत् संहकारी संस्था लिमिटेडको लक्ष्य छ ।
उद्योग स्थापनाको बाटो खुल्ने
पर्याप्त जडिबुटीको उच्च सम्भावना रहेको पातारासीमा विद्युत् उत्पादन भएपछि जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।
यहाँ यार्सा, पाँचऔले, भुल्ते, खिरौलासहित दर्जनौँ प्रकारका लाखौँको जडिबुटी उत्पादन हुन्छ । तर बिजुली अभावका कारण जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन नसक्दा यसबाट स्थानीयवासीले फाइदा लिन सकेको छैन भने ठूला व्यापारीहरुले लगानी गर्न सकेको अवस्था छैन । अब बिजुली उत्पादन भएमा लगानी गर्न सजिलो हुने बताइएको छ ।
यस्तै जुम्ला सदरमुकाममा पनि प्रयाप्त बिजुलीको अभावमा स्याउ प्रशोधन उद्योगदेखि विभिन्न आधुनिक उद्योगहरु फष्टाउन सकिएको छैन । यस्तो अवस्थामा चुकेनी जलविद्युत्ले यहाँको विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुने विश्वास स्थानीयवासीको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: