Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नयाँ वर्षको पहिलो दिन देशभरका नदीनाला सफा राख्ने सङ्कल्प

काठमाडौँ । बाग्मती सफाइ महाअभियानकर्मीले विसं २०७६ को पहिलो दिन बिहान सफाइबाटै शुरुआत गरेका छन् । सफाइका क्रममा यो वर्ष देशभरका सबै नदी, नाला एवं खोला सफा गर्ने सङ्कल्प गरिएको सुन्दरीघाट सफाइ अभियानका संयोजक चित्र सुनुवारले राससलाई जानकारी दिए ।

सफाइकर्मीले नयाँ वर्षको पहिलो दिन नमूना कार्यक्रम गर्ने सोच बनाइरहेका बेला गोदावरी खोला सफाइ अभियानको छैटौँ हप्ता परेकाले त्यहीँ सफा गरिएको हो । खोलाको ठैँबबाट गौदामचौरसम्मको क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक बेबी थापाले सुनाए । गोदावरी सफाइ अभियान फागुन २६ गते आइतबारदेखि शुरु भएको हो । यहाँ प्रत्येक हप्ता आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म सफाइ हुँदै आएको छ ।

यहाँको सफाइमा महिला र विद्यालयमा अध्ययनरत बालबालिकाको उल्लेख्य सहभागिता रहने गरेको छ । सफाइमा गोदावरी नगरपालिकालगायत स्थानीयवासीले पनि सहयोग गर्दै आइरहेका छन् ।

विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान शुरु भएदेखि देशभर सफाइ जागरण फैलिएको छ । हालसम्म देशभरका १०३ स्थानमा साप्ताहिकरुपमा सफाइ अभियान सञ्चालन हुन्छ । विसं २०७५ लाई सरकारले सरसफाइ वर्ष घोषणा गरेको थियो ।

सरकारले सफाइ वर्ष घोषणा गरे पनि ठोस कार्यक्रम ल्याउन नसकेको सफाइ अभियानकर्मीको टिप्पणी छ । बाग्मतीलाई ढलमुक्त गर्न स्थापना भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासीका नाममा नदी किनार ओगटेर बसेकालाई हटाउन नसक्दा पनि बाग्मती आशातीतरुपमा सफा हुनसकेको छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending